default_image

5 years ago

April 2, 2019

दीपक र आईसले प्रदेश ३ लाई जिताए

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनरद्वय दीपक बोहोरा र आईश भट्टराईको उत्कृष्ट ब्याटिङसँगै प्रदेश ३ ले यू-१६ क्रिकेट लिग प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मंगलबार प्रदेश ३ ले प्रदेश ४ लाई ९० रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिलो ब्याटिङ रोजेको प्रदेश ३ ले निर्धारित ३० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन जोड्यो । दीपक र आईश अर्धशतक प्रहार गर्दै प्रदेश ३ लाई उत्कृष्ट सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि १ सय ४ रन जोडेपछि दीपक अभिषेक थापाको बलमा कट बिहाइन्ड भए । उनले ३८ बलमा ९ चौकासहित ५२ रन जोडे । लगत्तै अभिषेककै अर्को बलमा अशोक पौडेल पनि विकेटकिपर अर्जुन कुमालको हातबाट नै समातिए ।

त्यसपछि क्रिजमा आएका प्रशान्त कामतले पनि पहिलो बलमै आउट हुनबाट जोगिए । विकेटकिपरले क्याच छोड्दा प्रशान्त जोगिएका थिए । उनले आईशसँग तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे । २५ औं ओभरमा आदित्य थापाको बलमा बोल्ड हुनुअघि म्यान अफ द म्याच घोशित आईशले ७१ बलमा १० चौका प्रहार गर्दै ८२ रन जोडे । प्रशान्त ४९ बलमा २ चौकासहित ३२ रनमा पेभेलियन फर्किए । अभिषेक उपाध्यायले १९ तथा कृष कार्कीले नटआउट १२ रनको योगदान दिए । प्रदेश ४ का लागि कप्तान अभिषेक र रोशन न्यौपानेले २-२ तथा आदित्यले १ विकेट लिए ।

जवाफमा प्रदेश ४ ले ३० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २० रनमात्र जोड्न सक्यो । ओपनर अर्जुन कुमालले ३८ रन जोड्नुबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन् । अर्जुनले ५३ बलमा ५ चौका प्रहार गरे । सिब्रिन श्रेष्ठ ८, सोहेल कुँवर १, कप्तान अभिषेक थापा १७ तथा शरद तिवारी र रोशन न्यौपाने १०-१० रनमा आउट भए । आदित्य थापा १४ र मदन सुवेदी ११ रनमा नटआउट रहे । प्रदेश ३ का लागि तिलक भण्डारीले २ तथा विवेक दराई, आईश भट्टराई र दीपक बोहोराले १-१ विकेट लिए ।

चैत्र १९ देखि २५ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताका ७ प्रदेशलाई दुई समुहमा विभाजन गरिएको छ । प्रत्यक समुहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । यसै अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू-१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ । प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन् ।

प्रतियोगिताको ग्रुप ए मा प्रदेश नम्बर ३, प्रदेश नम्बर ४,प्रदेश नम्बर ५ र प्रदेश नम्बर ६ रहेका छन् । समहु बी मा प्रदेश नम्बर १,प्रदेश नम्बर २, प्रदेश नम्बर ७ छन् । खेल विहान ८ र दिउँसो १२ बजे देखी टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार बराबरको खेलकुद सामग्री पाउनेछ । प्रतियोगिताको व्यास्थापन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको छ  ।

September 25, 2024

अस्ट्रेलियाको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी –ओडिआईको विश्वविजेता अस्ट्रेलियाको अपराजित यात्रामा पूर्णविराम लागेको छ। लगातार १४ ओडिआई खेल जितेको अस्ट्रेलियालाई इङ्ग्ल्यान्डले मंगलवार पराजित गर्दै विजयी यात्रा रोकेको हो। तेस्रो ओडिआईमा इङ्ग्ल्यान्डले डिएलएस पद्दतीमा ४६ रनको विजयी भएको हो। अस्ट्रेलिया ५ ओडिआई सिरिजका लागि इङ्ग्ल्यान्ड भ्रमणमा छ । यो जितपछि घरेलु टोलीले सिरिज २-१ मा पुर्याएको छरिभरसाइड क्रिकेट मैदान डुरममा ३ […]

September 24, 2024

नेपाल र ओमानबीचको खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – लगातारको वर्षाका कारण नेपाल र ओमानबीचको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेल रद्द भएको छ । निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल मंगलवार नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्ने तालिका थियो। तर निरन्तरको वर्षाका कारण खेल हुन सकेन । खेल रद्द […]

September 24, 2024

यु-१९ छनोटः रुपन्देहीसँग पाल्पा पराजित

सुमन अधिकारी,बुटवल लुम्बिनी प्रदेशस्तरीय अन्डर-१९ क्रिकेट टोली छनोटका लागि आयोजित प्रतियोगिताको आफ्नो दोस्रो खेलमा पनि रुपन्देही विजयी भएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा मंगलवार भएको खेलमा रुपन्देहीले पाल्पा यु–१९ लाई २ सय ९१ रनले पराजित गरेको हो । रुपन्देहीले पहिलो खेलमा नवलपरासीलाई हराएको थियो । टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ५० ओभरमा ७ […]

Success

Thank you for your time.