default_image

6 years ago

April 2, 2019

विराटको बेंगलोरको लगातार चौथो हार

102 views

0 Bookmark

एजेन्सी – लेग स्पिनर श्रेयस गोपालको घातक बलिङ र ओपनर जस बटलरले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।

मंगलबार राती सम्पन्न १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले महत्वपूर्ण २ अंक जोड्दै खाता खोलेको छ । बेंगलोर भने लगातार चौथो खेलमा पराजित भएको छ । यो सँगै बेंगलोरको अघिल्लो चरण कठिन बन्न थालेको छ ।

१ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १ बल अगाडी ३ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको सहज जितमा ओपनर बटलरले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए । त्यस्तै अजिंक्या रहणे २२ रनमा आउट भए । स्टिभ स्मिथले ३१ बलमा २ चौेका र १ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए । १६ ओभरको पहिलो बलमा स्टिम स्मिथ २३ रन बनाएको अवस्थामा युजवेन्द्र चाहलको बलमा उमेश यादवले बाउन्ड्री लाइन नजिकै सहज क्याच छाड्न पुगेका थिए ।

अन्तिम ओभरको पाँचौ बलमा छक्का हान्दै खेल जिताएका राहुल त्रिपाठी २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा अविजित रहे । बेंगलोरले अन्त्यतिर फिल्डिङको क्रममा धेरै गल्ती गरेको थियो । बेंगलोरका लागि युजवेन्द्र चाहालले २ र मोहम्मद सिराजले १ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । ओपनर पार्थिव पटेलले ४१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६७ रन जोडे । पटेललाई १८ ओभरको दोस्रो बलमा जोफ्रा आर्चरले कप्तान अजिंक्या रहाणेबाट क्याच आउट गराए ।

विराट कोहलीले २५ बलमा ३ चौका सहित २३, एबी डि भिलियर्स १३ रनमा आउट हुँदा मार्कस स्टोइनिस ३१ र मोइन अलीले १८ रनमा नट आउट रहे । स्टोइनिसले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा अलीले ९ बलमा २ चौका १ छक्का प्रहार गरे । अन्तिम ओभरमा अलीले जोफ्रा आर्चरलाई समान १ छक्का र चौका सथौ स्टोइनिसले अन्तिम बलमा चौका प्रहार गर्दै १७ रन बटुलेपछि सम्मानजक लक्ष्य सम्म पुग्न सफल भएको हो ।

ओपनर कोहलीलाई सातौं ओभरको तेस्रो बलमा श्रेयस गोपालले बोल्ड आउट गरे । गोपलले नवौं ओभरको तेस्रो बलमा डी भिलीयर्सलाई आफैं उत्कृष्ट क्याच लिदैं पेभिलिएनको बाटो फर्काए । जुन ओभर विकेट मेडन रह्यो । ११ औं ओभरको पहिलो बलमै शिम्ररोन हिटमायरलाई १ रनमा विकेटकीपर जस बटलरबाट १ रनमा क्याच आउट गरे । गोपालले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरको नाममा १ विकेट रह्यो ।

बेंगलोरले आफ्नो पाँचौ खेल आगमी ५ अप्रिलमा कोलकता नाइट राइडसँग खेल्ने छ । राजस्थानले पनि ७ मार्चमा कोलकताको सामना गर्ने छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.