6 years ago
April 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटको लागि राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा भएको छ ।
राष्ट्रिय टोलीबाट पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहितलाई पहिलो पटक मुख्य प्रतियोगितामा कप्तानको भुमिका दिइएको छ । यसअघि भारत भ्रमणमा अभ्यासको लागि रोहितलेनै कप्तानी पाएका थिए । मंगलबार घोषणा गरेका टोलीमा प्रतिस जिसी,कुशल मल्ल, हरिबहादुर चौहान र अभिषेक बस्नेतले पहिलो पटक यू-१९ टोलीमा मौका बनाएका छन् ।
भारतको आन्द्र स्टेट क्रिकेट टिमसँग ६ अभ्यास खेलपछि आगमी महिला मलेसियामा हुने यू-१९ विश्वकप छनोटको लागि १४ सदस्य अन्तिम टोलीको घोषणा भएको हो । टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन् ।
यू१९ विश्वकप छनोटका लागि घोषणा भएका १४ सदस्य टोली :
१-रोहित कुमार पौडेल (कप्तान)
२-आशिफ शेख
३-पवन सरार्फ
४-भिम सार्की
५-सन्दीप जोरा
६ -सागर ढकाल
७-रित गौतम
८-कमल सिंह ऐरी
९-राशिद खान
१०- सूर्य तामाङ
११-अभिषेक बस्नेत
१२-कुशल मल्ल
१३-हरि बहादुर चौहान
१४-प्रतिस जिसी
वैकल्पिक खेलाडी :
१. आकाश चन्द
२. रवि कुमार
३. लोकेश बहादुर बम
४. शेर मल्ल
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]