default_image

6 years ago

April 2, 2019

करनको ह्याट्रिकसँगै सन्दीपको दिल्लीको नाटकीय हार

96 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका युवा खेलाडी साम करनले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक विकेट लिएपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को १३ औं खेलमा किंग्स इलाभेन पन्जावसँग दिल्ली क्यापिटल्सले नाटकीय हार ब्योहोरेको छ । सोमबार राती सम्पन्न खेलमा दिल्ली पन्जावसँग १४ रनले पराजित भयो ।

पन्जाबले प्रस्तुत गरेको १ सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लील १९.२ ओभरमा अल आउट हुँदै १ सय ५२ रनमा समेटियो । अन्तिम १६ बलमा ८ रन जोड्दा ७ विकेट गुमाएपछि दिल्लीले नाटकीय हार बेहोरेको हो । कुनै समय दिल्ली १६.४ ओभरमा १४४-४ को बलियो अवस्थामा थियो । तर पन्त आउटभएसँगै निरन्तर विकेट गुमाउँदै रन जोड्न विकेट गुमाएपछि नाटकीय हार खान पर्यो ।

पन्जाबको जितमा करनले ह्याट्रिक गरे । करनले १८ औं ओभरको अन्तिम बलमा हर्षल पटेल तथा २० औं ओभरको पहिलो बलमा कागिसो रबाडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरे । सन्दीपको विकेटसँगै खेलको नतिजा पनि पक्का भएको थियो । त्यसअघि पन्तलाई १६.४ ओभरमा मोहम्मद शामीले बोल्ड आउट गरे । लगतै क्रिस मोरिस शून्यमा रन आउट भएपछि दिल्ली केहि दवावमा पर्यो ।

१७.४ ओभरमा साम करनले कोलिन इनग्रामलाई ३८ रनमा क्याच आउट भएपछि दिल्लीको जित कठिन बन्न पुग्यो । कोलिनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । लगत्तै अन्तिम बलमा करनले हर्षल पर्टेललाई विकेटकीपर के एल राहुलबाट शून्यमा क्याच आउट गरेपछि दिल्ली ठूलो समस्यामा परेको थियो । मोहम्मद शामीले १९ औं ओभरको तेस्रो बलमा हनुमा विहारीलाई २ रनमा बोल्ड आउट गरेपछि दिल्लीको जितको सम्पूर्ण सम्भावना सकिएको थियो ।

ओपनर पृथ्वी शा लाई शून्यमा गुमाएको दिल्लीका अर्का ओपनर शिखर धवनले २५ बलमा ४ चौका प्रहार गर्दै ३० रन जोडे । कप्तान श्रेयर ऐरले २२ बलमा ५ चौका प्रहार गर्दै २८ रन जोडे । ऋषभ पन्तले २६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रनको योगदान दिए । पन्जावलाई नाटकीय जित दिलाउन लागि साम करनले मात्र २.२ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । कप्तान रविचन्द्र आश्विनले र मोहम्मद शामीले समान २ विकेट लिए ।

त्यस अघि चण्डीगढमा टस हारेर ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६६ रन बनायो । क्रिस गेललाई बेन्चमा राखेर मैदान उत्रेको पन्जावका लागि डेविड मिलरले सर्वाधिक ४३ रनको योगदान दिए । मिलरले ३० बलमा ४ चौका र २ छक्का प्रहार गरे । मन्दीप सिंहले २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे ।

सरफराज खानले २९ बलमा ६ चौका प्रहार गर्दै ३९,साम करनले १० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० र केएल राहुलले १५ रन जोडे । करन र खान दुबै सन्दीपको सिकार बनेका थिए । मयंक अग्रवाल ६ बटुल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेन ।

पन्जावलाई सस्तैमा रोक्न सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ महत्वपूर्ण विकेटलिए । त्यस्तै क्रिस मोरिसले पनि ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । कागीसो रबाडाको नाममा २ विकेट रह्यो ।

यसअघि पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ३७ रनले हराएको दिल्ली दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा कोलकता नाइट राइडर्सलाई सुपर ओभरमा हराएको थियो । दिल्लीले आफ्नो पाँचौ खेल आगमी सनराइजर्स हैदराबादसँग अप्रिल ४ मा खेल्ने छ ।

यस अघि पहिलो खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराएको पन्जाव कोलकतासँग २८ रनले हारेको थियो । मुम्बईलाई भने ८ विकेटले हराएको थियो । पन्जावले पाँचौ खेल आगमी अप्रिल ६ मा चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

यस्तो रह्यो सन्दीपको ४ ओभर

दिल्लीले सन्दीपलाई चौथो ओभरमै बलिङ गर्न ल्याएको थियो । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए,दोस्रो बलमा डट गराए । तेस्रो बलमा साम करनले दुई रन लिए । चौथो बलमा करनले सन्दीपलाई छक्का प्रहार गरे । तर पाँचौ बलमा भने सन्दीपले करनलाई २० रनमा एलवी डब्लु आउट गर्दै पेभिलिएन फर्काए । छैटौं बलमा सरफराज खानले १ रन दिए ।

सन्दीपले ७ औं ओभरमा ४ रन खर्चिए । सन्दीपले पहिलो र दोस्रो बलमा अग्रवाललाई डट गराए । अन्य चार बलमा सन्दीपले ४ रन मात्र खर्चिए । १२ औं ओभरको पहिलो बल लेग वाईका रुपमा डेविड मिलरले १ रन लिए । दोस्रो बल सरफराज खानलाई डट गराए । सन्दीपले तेस्रो,चौथो र पाँचौ बलमा समान एक रन खर्चे । अन्तिम बलमा डेविड मिलरले छक्का प्रहार गरे । यस ओभरमा १० रन खर्चिए ।

सन्दीपले १४ औं ओभरको पहिलो बलमा मिलरलाई डट गराए । दोस्रो बलमा मिलर र तेस्रो बलमा खानले समान १ रन लिए । चौथो बलमा मिलरलाई १ रन दिए । पाँचौ बलमार सन्दीपले सरफराज खानलाई विकेटकीपर ऋषभ पन्तबाट ३९ रनमा क्याच कट बिहाइन्ड निकाल्दै आफ्नो नाममा दुई विकेट लेखाए ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.