default_image

6 years ago

April 1, 2019

सन्दीप चम्कँदा दिल्लीलाई मध्यम लक्ष्य

130 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को १३ औं खेलमा किंग्स इलाभेन पन्जावले दिल्ली क्याटिल्सलाई १ सय ६७ रनको मध्यम लक्ष्य दिएको छ ।

घरेलु मैदान चण्डीगढमा टस हारेर ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६६ रन बनायो । क्रिस गेललाई बेन्चमा राखेर मैदान उत्रेको पन्जावका लागि डेविड मिलरले सर्वाधिक ४३ रनको योगदान दिए । मिलरले ३० बलमा ४ चौका र २ छक्का प्रहार गरे । मन्दीप सिंह २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे ।

सरफराज खानले २९ बलमा ६ चौका प्रहार गर्दै ३९,साम करनले १० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० र केएल राहुलले १५ रन जोडे । करन र खान दुबै सन्दीपको सिकार बनेका थिए । मयंक अग्रवाल ६ बटुल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेन ।

पन्जावलाई सस्तैमा रोक्न सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए । त्यस्तै क्रिस मोरिसले पनि ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । कागीसो रबाडाको नाममा २ विकेट रह्यो ।

यस्तो रह्यो सन्दीपको ४ ओभर :

दिल्लीले सन्दीपलाई चौथो ओभरमै बलिङ गर्न ल्याएको थियो । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए,दोस्रो बलमा डट गराए । तेस्रो बलमा साम करनले दुई रन लिए । चौथो बलमा करनले सन्दीपलाई छक्का प्रहार गरे । तर पाँचौ बलमा भने सन्दीपले करनलाई २० रनमा एलवी डब्लु आउट गर्दै पेभिलिएन फर्काए । छैटौं बलमा सरफराज खानले १ रन दिए ।

सन्दीपले ७ औं ओभरमा ४ रन खर्चिए । सन्दीपले पहिलो र दोस्रो बलमा अग्रवाललाई डट गराए । अन्य चार बलमा सन्दीपले ४ रन मात्र खर्चिए । १२ औं ओभरको पहिलो बल लेग वाईका रुपमा डेविड मिलरले १ रन लिए । दोस्रो बल सरफराज खानलाई डट गराए । सन्दीपले तेस्रो,चौथो र पाँचौ बलमा समान एक रन खर्चे । अन्तिम बलमा डेविड मिलरले छक्का प्रहार गरे । यस ओभरमा १० रन खर्चिए ।

सन्दीपले १४ औं ओभरको पहिलो बलमा मिलरलाई डट गराए । दोस्रो बलमा मिलर र तेस्रो बलमा खानले समान १ रन लिए । चौथो बलमा मिलरलाई १ रन दिए । पाँचौ बलमार सन्दीपले सरफराज खानलाई विकेटकीपर ऋषभ पन्तबाट ३९ रनमा क्याच कट बिहाइन्ड निकाल्दै आफ्नो नाममा दुई विकेट लेखाए ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.