6 years ago
April 1, 2019
एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यक्तिगत दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले ४ ओभरमा मात्र २७ रन खर्चेर २ विकेट लिए ।
टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्ली क्यापिटल्सले सन्दीपलाई चौथो ओभरमै बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चेर १ विकेट लिए । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए,दोस्रो बलमा डट गराए । तेस्रो बलमा साम करनले दुई रन लिए । चौथो बलमा करनले सन्दीपलाई छक्का प्रहार गरे । तर पाँचौ बलमा भने सन्दीपले करनलाई २० रनमा एलवी डब्लु आउट गर्दै पेभिलिएन फर्काए । छैटौंबलमा सरफराज खानले १ रन दिए ।
विश्राम लिएपछि सन्दीपले ७ औं ओभरमा ४ रन मात्र खर्चिए । सन्दीपले पहिलो र दोस्रो बलमा अग्रवाललाई डट गराए । तेस्रो र चौथो बलमा अग्रवाल र सरफराज खानले समान १-१ रन बटुले । पाँचौ र छैटौं बलमा पनि एक एक रन खचेएपछि यो ओभर कसिलो गर्न सफल भए ।
१२ औं ओभरमा सन्दीपले १० रन खर्चिए । १२ ओभरको पहिलो बल लेग वाईका रुपमा डेविड मिलरले १ रन लिए । दोस्रो बल सरफराज खानलाई डट गराए । सन्दीपले तेस्रो,चौथो र पाँचौ बलमा १–१ रन खर्चे पनि अन्तिम बलमा छक्का खान पुगे । डेविड मिलरले अन्तिम बलमा कडा छक्का प्रहार गरेका थिए ।
१४ ओभरमा सन्दीपले रन खर्चिदै आफ्नो बलिङको कोटा सकाए । पहिलो बल मिलरलाई डट गराए ।दोस्रो बलमा मिलर र तेस्रो बलमा खानले समान १ रन लिए । चौथो बलमा मिलरलाई १ रन दिए । पाँचौ बलमार सन्दीपले सरफराज खानलाई विकेटकीपर ऋषभ पन्तबाट ३९ रनमा क्याच कट बाइन्ड निकाल्दै गराउँदै आफ्नो नाममा दुई विकेट राखे । अन्तिम बल डट गराएसँगै उनले उत्कृष्ट अन्त्य गरे ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]