default_image

6 years ago

April 1, 2019

सन्दीपलाई पहिलो ओभरमै विकेट!

154 views

0 Bookmark

एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि किंग्स इलाभेन पन्जावविरुद्धको सुरुवाती दुई ओभरमा उत्कृष्ट प्रर्दशन गरेका छन् ।

सन्दीपले पहिलो ओभरमै विकेट लिएका छन् । सन्दीप पहिलो स्पेल लिएर चौथो ओभरमा आएका १० रन खर्चेर १ विकेट लिए । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए,दोस्रो बलमा साम करनले डट र तेस्रो बलमा साम करनले दुई रन लिए । चौथो बलमा सन्दीपलाई करनले कडा छक्का प्रहार गरे । पाँचौ बलमा भने सन्दीपले करनलाई २० रनमा एलवी डब्लु आउट गर्दै पेभिलिएन फर्काए । छैटौं बलमा सरफराज खानलाई १ रन दिए ।

दोस्रो ओभरमा पनि सन्दीपले कसिलो बलिङ गरे । पहिलो दुई बलमा कुनै रन नदिएका सन्दीपले त्यसपछि लगातार चार ओटा सिंगल दिएका थिए । दुई ओभरमा उनले १ विकेट लिँदै १४ रन खर्चेका छन् ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.