default_image

6 years ago

April 1, 2019

पन्जाबसँग खेल्दै सन्दीप सम्मिलित दिल्ली

108 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आफ्नो चौथो खेल अन्तरगत किंग्स इलाभेन पन्जावसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी मोहालीमा सुरु हुने छ । दुवै टोली तेस्रो जितको खोजिमा छन् ।

दिल्लीले पहिलो खेलमा मुम्बईलाई ३७ रनले हराउँदा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा कोलकता नाइट राइडर्समाथि सुपर ओभरमा जित निकालेको थियो ।

पन्जावले पहिलो खेलमा राजस्थानलाई १४ रनले पराजित गर्दा दोस्रो खेलमा कोलकतासँग २८ रनले पराजित भएको थियो । तेस्रो खेलमा मुम्बईलाई ८ विकेटले हराएको थियो । दिल्लीमा पृथ्वी शा,ऋषभ पन्त,कागिसो रबाडाले सुरुवाती खेलमा उत्कृष्ट प्रर्दशन गरेका छन् । पन्जावबाट क्रिस गेल, केएल राहुल,मंयक अग्रवालको प्रर्दशन उत्कृष्ट छ । हालसम्मको हेड टु हेडमा पन्जाव बलियो देखिन्छ । यी दुई टोली आईपीएलमा एक अर्काबीच २२ पटक भिड्दा पन्जाव १३ र दिल्ली ९ पटक विजयी भएको छ । तर यस पटक मैदानमा भने पन्जाव भन्दा दिल्ली तुलानात्मक रुपमा बलियो देखिन्छ ।

पन्जावसँगको खेलमा सन्दीपले मौका पाउने उच्च संभावना छ । कोलकतासँगको खेलमा ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका सन्दीपलाई दिल्लीले निरन्तरता दिने अनुमान गरिएको छ । सन्दीप सुरुवाती दुई खेलमा भने बेन्चमा बसेका थिए ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.