6 years ago
April 1, 2019
एजेन्सी – श्रीलंका टेस्ट क्रिकेट टिमका कप्तान दिमुथ करुणारत्ने प्रकाउ परेका छन् । आईतबार रक्सी खाएर गाडी चलाउदा दुर्घटना भएपछि श्रीलंका प्रहरीले प्रकाउ गरेको हो ।
दुर्घटनामा तीन पांग्रे गाडीका चालक घाइते भएका छन् । चालक अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन् । श्रीलंका पुलिसले करुणारत्नेलाई जमानतमा रिहा गरिदिएको छ । तर उनलाई सोमबार अदालत पेश गर्न सक्ने उच्च सम्भावना रहेको छ ।
दिमुथ करुणारत्ने श्रीलंका क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान हुन् । उनले ६० टेस्टमा १ सय १७ पालीमा ८ शतक, २२ अर्ध शतक सहित ३६.०५ को औसतामा ४०७४ रन जोडेका छन् । यस घटनाले उनको कप्तानी गुम्न सक्ने उच्च संभावना रहेको अन्तर्राष्टिय मिडियाहरुले जनाएका छन् । करुणारत्ने घटनामा अनुसान्धान गर्ने श्रीलंका क्रिकेट (एसएलसी) ले जनाएको छ ।
March 29, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे । तेस्रो […]
March 29, 2025
एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार सिरिजको खेलतालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार सिरिज ९ अप्रिल (चैत २७गते ) बाट सुरु भएर १३ अप्रिल (चैत ३१ गते ) सकिनेछ । सिरिजको पहिलो खेलमा नेपालले […]