6 years ago
April 1, 2019
एजेन्सी – भारतीय क्रिकेट टिमका ओपनर तथा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन् । शनिबार किंग्स इलाभेन पन्जावसँगको खेलमा सुस्त गतिमा ओभर सकेको भन्दै आईपीएल आयोजकले शर्मालाई १२ लाख भारतीय रुपैँया जरिवाना लगाएको छ ।
शनिबार सम्पन्न आईपीएलको नवौं खेलमा मुम्बईका बलरले पनजावसँगको खेलमा निर्धारित समय भन्दा ढिला (सुस्त) गतिमा सकेका थिए । आईसीसीको नियम अनुसार कुनै पनि टिमले २० ओभरको खेलमा बलिङ ७५ मिनेट भित्र सक्नुपर्छ । तर मुम्बई पन्जावसँगको खेलमा ७५ मिनेट भन्दा बढि समय लगाएपछि कप्तान रोहित शर्मा कारवाहीमा परेका हुन् ।
उक्त खेलमा मुम्बई पन्जावसँग ८ विकेटले पराति भएको थियो । १ सय ७७ रनको लक्ष्य पन्जावले १८.४ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । मुम्बईले जारी आईपीएलमा तीन खेलमा २ मा पराजित भएको छ । पहिलो खेलमा दिल्लीसँग ३७ रनले पराजित हुँदा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ रनले हराएको थियो । मुम्बई आफ्नो चौथो खेल आगमी ३ अप्रिलमा चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।
March 29, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे । तेस्रो […]
March 29, 2025
एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार सिरिजको खेलतालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार सिरिज ९ अप्रिल (चैत २७गते ) बाट सुरु भएर १३ अप्रिल (चैत ३१ गते ) सकिनेछ । सिरिजको पहिलो खेलमा नेपालले […]