6 years ago
April 1, 2019
एजेन्सी – अष्ट्रेलियाले अन्तिम वान डे खेलमा जित दर्ता गर्दै पाकिस्तानविरुद्ध पाँच खेलको वान डे सिरिज ५-० ले क्लिन स्विप गरेको छ ।
आईतबार राती सम्पन्न पाँचौ तथा अन्तिम वान डे खेलमा पाकिस्तानलाई २० रनले हराउँदै क्लिन स्विप गर्न सफल भएको हो । ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७ रनमा समेटियो । ह्यारिस सोहेलले शानदार शतक प्रहार गरेपनि पाकिस्तानलाई क्लिन स्विपको शिकारबाट बचाउन भने सकेनन् । सोहेलले १ सय २९ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १ सय ३० रन बनाए । तर जितको लागि पर्याप्त हुन सकेन । सोहेलको यो वान डे करियरको दोस्रो शतक हो ।
उनीबाहेक शन मसुद र इमाद वासिमले समान ५० रन बटुले । त्यस्तै उमर अकमल ४३, मोहम्मद रिजवान १२ र यासिर शाहले ११ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका लागि जोसन बेहरेनर्डाेफले ३, ग्लेन म्याक्सवेल, एडम जम्पा, नाथन लायन र केन रिचड्सनले समान एक विकेट हात पारे ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २७ रन बनायो । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका ओपनर उस्मान खवाजाले आफ्नो वान डे करियरको तेस्रो शतक पुरा गर्न मात्र २ रनले चुक्दै ९८ रनमा आउट भए । १ सय ११ बलको सामना गरेका खवाजाले १० चौका गरे । खवाजालाई ३९.३ ओभरमा उस्मान शिनवारीले यासिर शाहबाट क्याच आउट गराएपछि शतक बनाउन चुकेका हुन् ।
त्यस्तै ग्लेन म्याक्सवेलले तल्लो क्रममा आक्रमक रुपमा अर्धशतक प्रहार गर्दै अष्ट्रेलियालाई विशाल योगफल सम्म पुर्याए । म्याक्सवेलले मात्र ३३ बलमा ३ छक्का र १० चौका प्रहार गर्दै ७० रन बटुले । म्याक्सवेललाई ४८।३ ओभरमा जुनैद खानले बोल्ड आउट गरे । कप्तान आरोन फिन्चले ६९ बलमा समान २ छक्का र चौका प्रहार गर्दै ५३,शन मार्शले ६८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६१,मार्कस स्टोइनिस ४ रनमा आउट भए ।
पाकिस्तानका लागि उस्मान शिनवारीले १० ओभरमा ४९ रन खर्चेर ४ विकेट लिए । जुनैद खानको नाममा ३ विकेट रह्यो । यस अघिको अष्ट्रेलिया पहिलो दोस्रो खेलमा समान ८ विकेट, तेस्रो ८० रन र चौथो खेलमा ६ रनले विजयी भएको थियो । खेलमा म्याक्सवेल म्यान अफ द म्याच र कप्तान आरोन फिन्च म्यान अफ द सिरिज चुनिए ।
March 29, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे । तेस्रो […]
March 29, 2025
एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार सिरिजको खेलतालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार सिरिज ९ अप्रिल (चैत २७गते ) बाट सुरु भएर १३ अप्रिल (चैत ३१ गते ) सकिनेछ । सिरिजको पहिलो खेलमा नेपालले […]