default_image

6 years ago

April 1, 2019

धोनी र ब्राभोले चेन्नईलाई जिताए

106 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को १२ औं खेलमा चेन्नई सुपर किंग्सले रोमान्चक जित हात पारेको छ । चेन्नईले लगातार तेस्रो जित सहित शिर्ष स्थानमा उक्लिएको छ ।

आईतबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै चेन्नई शीर्षस्थानमा उक्लिएको हो । राजस्थानलाई जितको लागि अन्तिम ओभरमा १२ रन चाहिएको थियो । तर ड्वेन ब्राभोले ३ रन खर्चेर २ विकेट लिएपछि चेन्नईले रोमान्चक जित हात पारेको हो । १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सक्योे ।

बेन स्टोक्सले २६ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ४६ रन जोडे । राजस्थानका लागि राहुल त्रिपाठीले २४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६, सन्जु स्यामसन ८, जस बटलर ६ र कप्तान अजिंक्या रहाणे डक आउट भए । स्टिम स्मिथ २८ र कृष्णप्पा गौतम ९ रनमा आउट भए । जोफ्रा आर्चरले ११ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २४ रनमा नट आउट रहेपनि टोलीको हार टार्न सकेनन् । चेन्नईको जितमा ब्राभो, दिपक चाहर, इमरान ताहिर र सार्दुल ठाकुरले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ४६ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ७५ रनमा अविजित रहे । धोनीले अन्तिम ओभरको चौथो,पाँचौ,र छैटौं बलमा जयदेव उनादकटलाई लगातार छक्का प्रहार गर्दै चेन्र्नइलाई बलियो अवस्थामा पुर्याए ।

ड्वेन ब्राभोले अन्त्य तिर १६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा आउट भए । खराब सुरुवात गरेकोे चेन्नईलाई धोनीले अन्त्य तिर विश्फोटक ब्याटिङ गर्दै बलियो योगफल सम्म पुर्याएका थिए । धोनीले अन्तिम १६ बलमा ४२ रन जोडेका थिए ।

दोस्रो ओभरको अन्तिम बलमा जोफ्रा आर्चरले विकेटकीपर जस बटलरबाट क्याच गराउदै आम्बाती रायडूलाई १ रनमा पेभिलिएन फर्काए । चौथो ओभरको चौथो बलमा बेन स्ट्रोक्सले आर्चरबाट क्याच गराउँदै अर्का ओपनर शेन वाटशनलाई १३ रनमा आउट गरे । पाँचौ ओभरको पाँचौ बलमा केदार जाधव ८ रनमा क्याच आउट भएपछि चेन्नई २७–३ को कमजोर अवस्थामा पुगेको थियो ।

जयदेव उनादकटले १३.४ ओभरमा सुरेश रैनाई बोल्ट आउट गर्नु अघि कप्तान धोनीसँग ६१ रनको साझेदारी गर्दै चेन्नईको इनिङ्स उकासेका थिए । रैनाले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए । रविन्द्र जडेजा ८ रनमा अविजित रहे ।राजस्थानका लागि जोफ्रा आर्चरले २,धवन कुलकर्णी,बेन स्ट्रोक्स र जयदेव उनादकटले समान एक विकेट लिए ।

यो चेन्नईको लगातार तेस्रो जित हो । यस अघि चेन्नईले पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो । चेन्नईले आफ्नो चौथो खेल आगमी अप्रिल ३ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ । यो राजस्थानको लगातार तेस्रो हार हो । यस अघि पन्जावसँग १४ रन र कोलकता नाइट राइडर्स ५ विकेटले पराजित भएको थियो ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.