default_image

6 years ago

March 31, 2019

कोहलीको बेंगलोरको लज्जास्पद हार !

95 views

0 Bookmark

एजेन्सी – ओपनरद्वय डेविड वार्नर र जोनी बेयरस्टोले आक्रामक शतक र मोहम्मद नाबीले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत ११ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेंजर्स बेंगलोरलाई १ सय १८ रनले पराजित गरेको छ ।

हैदरावादले प्रस्तुत गरेको २ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर १९.५ ओभरमा अल आउट हुँदै १ सय १३ रनमा समेटियो । बेंंगलोरका लागि कोलिन डी ग्राण्डहोमले सर्वाधिक ३७ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । एक समय ७.३ ओभरमै ३५–६ को कमजोर अवस्थामा पुगेको बेंगलोरलाई सातौं विकेटका लागि कोलिन डी ग्राण्डहोम र प्रयास बर्मनले ५१ रनको साझेदारी गर्दै हारको अन्तर घटाउने काम गरे । बर्मन २४ बलमा २ चौका सहित १९ रनमा आउट भए ।

उमेश यादव १४, पार्थिव पर्टेल ११, कप्तान विराट कोहली ३, शिम्रन हिटमायर ९, एबी डी विलियर्स १, मोईन अली २ र शिवम दुबे ५ रनमा पेभिलिएन फर्के । बेंगलोरलाई सस्तैमा रोक्न अफगानिस्तानका मोहम्मद नाबीले घातक बलिङ गर्दै ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । सन्दीप शर्माको नाममा ३ विकेट रह्यो ।

त्यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियमा टस हारेर ब्याटिङ थालेको घरेलु टोली हैदरावादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३१ रन बनायो । यो हैदरावादले बनाएको अहिले सम्मकै उच्च स्कोर सम्म हो ।

हैदरावादलाई विशाल योगफल तयार पार्न ओपनर जोनी बेयरस्टो आफ्नो आईपीएल करियरको तेस्रो खेलमै पहिलो सानदार शतक प्रहार गर्दै १ सय १४ रनमा क्याच आउट भए । सुरुवात देखीनै मैदानमा चौका र छक्काको वर्षा गराएका बेयरस्टोले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गरे । बेयरस्टोले ५२ बलमा शतक पुरा गरेका थिए ।

त्यस्तै अर्का ओपनर डेविड वार्नरले पनि सानदार शतक प्रहार गरे । वार्नर १ सय रनमा अविजित रहे । २० ओभरको चौथो बलमा मोहम्मद सिराजलाई चौका हान्दै ५४ बलमा शतक प्रहार गरेका थिए । वार्नरको यो आईपीएल करियमा चौथो शतक हो ।वार्नरले ५५ बलमा समान ५ चौका र छक्का प्रहार गरे । यी दुई ओपनरले पहिलो विकेटका लागि १ सय ८५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । पहिलो विकेटका यो आईपीएलमा अहिले सम्मकै उच्च साझेदारी समेत हो ।

यी दुईको साझेदारी १७ ओभरको दोस्रो बलमा युजवेन्द्र चाहलले बेयरस्टोलाई उमेश यादवबाट क्याच गराउँदै तोडेका थिए । विजय शंकर ९ रनमा रन आउट हुँदा युसुफ पठान ६ रनमा अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहालले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

यो हैदरावादको दोस्रो जित हो । यस अघि पहिलो खेलमा हैदरावाद कोलकतासँग ६ विकेटले पराजित हुँदा राजस्थान रोयल्सलाई ५ विकेटले हराएको थियो । हैदरावादले आफ्नो चौथो खेल आगमी अप्रिल ४ मा दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

यो बेंगलोरको लगातार तेस्रो हार हो । यस अघि बेंगलोर चेन्नईसँग ६ विकेट र मुम्बई इन्डियन्ससँग ६ रनले पराजित भएको थियो । बंगलोरले आफ्नो चौथो खेल आगमी २ अप्रिलमा राजस्थान रोयल्ससँग खेल्ने छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.