6 years ago
March 30, 2019
एजेन्सी – भारत भ्रमणमा रहेको नेपाली यू१९ क्रिकेट टिमले आन्द्र स्टेट यू१९ क्रिकेट टिमलाई छैटौं अभ्यास खेलमा २ सय ५२ रनको लक्ष्य दिएको छ ।
पहिला ब्याटिङ थालेको नेपाली यू१९ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५१ रन बनायो । नेपालका लागि राष्ट्रिय टिमबाट खेली सकेका सन्दीप जोराले ६७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ६९ रनको महत्वपूर्ण योगदान दिए ।
त्यस्तै राशिद खानले ४४ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ४४ रन जोडे । हरि वहादुर चौहान ३५, शेर मल्ल १७, अभिषेक बस्नते ३५, रित गौतम २२, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फ भने डक आउट भए ।
स्टेटका लागि आई स्माइलले ४,जोनी बशा २,एसएमडी कामिल,जे दुर्गा कुमार र एम भैरवले समान एक विकेट हात पारे । यस अघका पाँच अभ्यास खेलमा नेपाल ४ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको थियो ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]