6 years ago
March 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेगस्पिनर सन्दीप लामिछाने यति बेला इन्डियन प्रिमियर लिग(आईपीएल) को लागि दिल्लीमा ब्यस्त छन् । प्लेईङ ११ मा स्थान बनाउन कडा मिहेनेत गरि रहेका सन्दीपले सुरुवाती दुई खेलमा भने मौका पाएनन् ।
सन्दीपले सुरुवाती दुई खेलमा मौका नपाउँदा दिल्लीकोे आलोचना बढ्न थालेको छ । पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय फेन्चाईज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीपलाई सुरुवाती दुई खेलमा बेन्चमा राख्दा विश्वका केहि क्रिकेट विश्लेषकहरुले दिल्लीको खुलेरै आलोचना गर्दा नेपाली समर्थक झनै रुष्ट देखिएका छन् ।
सन्दीपको टिम दिल्लीले आज कोलकता नाइट राइडर्ससँग खेल्दै छ । बेलुका ८:१५ बजेपछि सुरु हुने खेलमा सन्दीपले मौका पाउने नपाउने अन्यौलनै छ । खेलमा बेन्चमा राखेपनि दिल्लीले सामाजिक सञ्जालमा भने अन्य खेलाडीकाको तुलनामा सन्दीपलाई निकै महत्व दिने गरेको छ । त्यस्तै दिल्लीले शुक्रबार सन्दीपको छोटो अन्तरवार्ता सार्वजनिक गरेको छ । प्रस्तुत छ उक्त अन्तरवार्ता हाम्रो खेलकुद डट कमले अनुवादित अंश :
दिल्ली ?
क्यापिटल्स
नेपाली समर्थक ?
१२ औं खेलाडी
नेपालमा क्रिकेट ?
सबैभन्दा गर्व गर्न लायक
तीन शब्द जसले सन्दीपको वर्णन गर्छ ?
इमान्दार, मेहेनती र सरल
क्रिकेटर नभएको भए ?
गायक
करियरको उत्कृष्ट प्रर्दशन ?
५-२०,केन्या डिभिजन टु
ड्रेसिङ रुममा रमाईलो गर्ने खेलाडी ?
ड्वेन ब्राभो
मनपर्ने स्पिनर ?
शेन वार्न
बलिङ गर्न चाहेको ब्याट्सम्यान ?
सचिन तेन्दुलकर
क्रिकेट र गायनबाहेक के गर्नुहुन्छ?
साथीहरुसँग घुमघाम
दिल्ली क्यापिटल्समा सर्वाधिक मिल्ने साथी ?
पृथ्वी शा र मनाजोत कालरा
घुम्न जान मनपर्ने स्थान ?
बाली, इन्डोनेसिया
बाल्यकालको अविस्मरणीय क्षण ?
साथीहरुसँग सडकमा क्रिकेट खेलेको
दिल्लीका समर्थकलाई सन्देश ?
हामीलाई निरन्तर साथ दिनुहोस, ट्रफी दिल्लीमा ल्याउने हाम्रो लक्ष्य छ
भिडियोमा हेर्नुहोस्
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]