default_image

6 years ago

March 30, 2019

वार्नर चम्कँदा स्यामसनको शतक खेर !

96 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को आठौं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । १ सय ९९ रनको लक्ष्य पक्ष्याएको हैदरावादले १९ ओभरमा ५ विकेटको क्षतिमा २ सय १ बनाउँदै पुरा गर्यो ।

उसका लागि ओपनर डेविड वार्नर सानदार ब्याटिङ गरे । सुरुवातदेखि नै आक्रमक रुपमा प्रस्तुत भएका वार्नरले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६९ रनको महत्वपूर्ण योगदान दिए । वार्नरले अर्का ओपनर जोनीे बयरस्टोसँग ९.४ ओभरमा १ सय १० रनकोे शतकीय साझेदारी गर्दै हैदरावादको जित सहज बनाएका थिए । १० औं ओभरको चौथो बलमा वार्नरलाई बेन स्ट्रोक्सले धवन कुलकर्णीबाट क्याच गराउँदै साझेदारी तोडे । जोनीले २८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बटुले ।

विजय शंकरले १५ बलमा १ चौका र ३ छक्का सहित ३५ रनमा आउट भए । युसुफ पठान १६ र राशिद खान १५ रनमा अविजित रहे । राशिदले १९ औं ओभरको पाँचौ बलमा चौका र छैटौं बलमा जोफ्रा आर्चरलाई छक्का हान्दै सहजै जिताए । राजस्थानका लागि श्रेयर गोपालले ३,बेन स्टोक्स र जयदेव उनादकटले समान एक विकेट लिए ।

त्यसअघि राजिव गान्धी ईन्टरनेशनल क्रिकेट स्टे डियम हैदरावादमा टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । चौथो ओभरको दोस्रो बलमा राशिद खानले जस बटलरलाई ५ रनमा बोल्ड आउट गरेपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्जुले मैदानमा चौका र छक्काको वर्षा गराउँदै ५४ बलमै सानदार शतक प्रहार गरे । यधपी त्यो शतक जितको लागि पर्याप्त रहेन ।

सन्जु ५५ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै १ सय २ रनमा अविजित रहे । सन्जुले २० औं ओभरको तेस्रो बलमा भुवनेश्वर कुमारलाई चौका प्रहार गर्दै आफ्नो आईपीएल करियरमा दोस्रो शतक पुरा गरेका थिए । यस संस्करणको आईपीएलको यो पहिलो शतक समेत हो । उनले त्यसअघि भुवनेश्वर कुमारको एकै ओभरमा २४ रन जोडेका थिए ।

कप्तान अजिंक्या रहाणेले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७० रनको महत्वपूर्ण योगदान दिए । दोस्रो विकेटका लागि रहाणे र सन्जु स्यामसनले १ सय १९ रनको सतकीय साझेदारी गर्दै राजस्थानलाई बलियो अवस्थामा पुर्याए । रहाणेलाई १५.५ ओभरमा सहवाज नदिमले मनिष पान्डेको हातबाट क्याच गराउँदै शतकीय साझेदारी तोडे । बेन स्ट्रोक्स १६ रनमा अविजित रहे । हैदरावादका लागि राशिद खान र नादिमले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । हैदरावादले ३१ मार्चमा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । ३१ मार्चमानै राजस्थानले चेन्नई सुपर किंग्सको सामना गने छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.