6 years ago
March 29, 2019
एजेन्सी – युवा खेलाडी सन्जु स्यामसनले उत्कृष्ट शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को आठौं खेलमा राजस्थान रोयल्सले सनराइज हैदरावादलाई १ सय ९९ रनको लक्ष्य दिएको छ ।
राजिव गान्धी ईन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९८ रन बनायो । चौथो ओभरको दोस्रो बलमा राशिद खानले जस बटलरलाई ५ रनमा बोल्ड आउट गरेपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्जुले मैदानमा चौका र छक्काको वर्षा गराउँदै ५४ बलमै सानदार शतक प्रहार गरे ।
सन्जु ५५ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै १ सय २ रनमा अविजित रहे । सन्जुले २० औं ओभरको तेस्रो बलमा भुवनेश्वर कुमारलाई चौका प्रहार गर्दै आफ्नो आईपीएल करियरमा दोस्रो शतक पुरा गरेका थिए । यस संस्करणको आईपीएलको यो पहिलो शतक समेत हो । उनले त्यसअघि भुवनेश्वर कुमारको एकै ओभरमा २४ रन जोडेका थिए ।
कप्तान अजिंक्या रहाणेले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७० रनको महत्वपूर्ण योगदान दिए । दोस्रो विकेटका लागि रहाणे र सन्जु स्यामसनले १ सय १९ रनको सतकीय साझेदारी गर्दै राजस्थानलाई बलियो अवस्थामा पुर्याए । रहाणेलाई १५.५ ओभरमा सहवाज नदिमले मनिष पान्डेको हातबाट क्याच गराउँदै शतकीय साझेदारी तोडे । हैदरावादका लागि राशिद खान र नादिमले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा हैदरावाद कोलकता नाइट राइडर्स ६ विकेटले पराजित भएको थियो भने राजस्थानले किंग्स इलाभेन पञ्जावसँग १४ रनले पराजित भएको थियो ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]