6 years ago
March 29, 2019
एजेन्सी – ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गरेपछि चौथो ओडीआई खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई २ सय ७८ रनको लक्ष्य दिएको छ ।
दुबई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७७ रन बनायो । शतक बनाउन मात्र २ रनले चुकेका ग्लेन म्याक्सवेलले ८२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ९८ रनको महत्वपूर्ण योगदान दिए । म्याक्सवेल ४९.२ ओभरमा रन आउट हुन पुग्दा शतक बनाउन चुके ।
त्यसअघि म्याक्सवेललाई ४६.२ ओभरमा उस्मान सनवारीले ७६ रन बनाएको अवस्थामा बोल्ड आउट गरेपनि उक्त बल नो भएपछि जीवन दान पाएका थिए । म्याक्सवेलले छैटौं विकेटका लागि एलेक्स केरीसँग १ सय ३४ रनको शतकीय साझेदारी गर्दै अष्ट्रेलियालाई बलियो योगफलसम्म पुर्याएका थिए । केरीले ६७ बलमा ३ चौका प्रहार गर्दै ५५ रनमा आउट भए ।
त्यस्तै उस्मान खवाजाले ७८ बलमा ६ चौका प्रहार गर्दै ६२, कप्तान आरोन फिन्च ३९, शन मार्श ५ र पिटर हेन्डस्कम्ब ७ रनमा आउट भए । पाकिस्तानका लागि ईमाद वासिम,मोहम्मद हसन र यासिर शाहले समान २-२ विकेट लिए । पाँच ओडीआई सिरिजमा अन्तरगत यसअघिका तीनै खेलमा जित निकाल्दै अष्ट्रेलियाले सिरिज दुई खेल अघि नै जितिसकेको छ ।
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]
March 26, 2025
एजेन्सी – जिमी निशमको ५ विकेट लिएपछि घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई पाँचौ टि ट्वान्टी आईमा ८ विकेटले हराएको छ । योसँगै न्युजिल्याण्डले पाँच खेलको टि ट्वान्टी आई सिरिज ४-१ ले जितेको छ । आज १ सय २९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ओपनर टिम साइफर्टले अविजित […]
March 26, 2025
एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]