default_image

6 years ago

March 29, 2019

पहिलो जितको खोजिमा हैदरावाद र राजस्थान

94 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएलमा) को आठौं खेलमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।

खेल नेपाली समय बेलुका ८ :१५ देखी राजिव गान्धी ईन्टरनेशनल स्टेडियम हैदरावादमा सुरु हुने छ । हैदरावाद भुवनेश्वकर कुमार र राजस्थान अजिंक्या रहाणेको कप्तानीमा मैदान उत्रने छन् । दुबै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा हैदरावाद कोलकता नाइट राइडर्ससँग ६ विकेटले पराजित हुँदा राजस्थान किंग्स इलाभेन पञ्जावसँग १४ रनले पराजित भएको थियो ।

हैदरावादमा डेविड वार्नर, राशिद खान, जोनी बेयरस्टो, भुवनेश्वर कुमार, विजय शंकर, केन विलियम्सन जस्ता खेलाडी छन् । राजस्थानका जस बटलर, स्टिभ स्मिथ, एस्टन टर्नर, बेन स्टोक्स,जोफ्रा आर्चर, जयदेव उनदकट, इश सोधी, ओशन थोमस मुख्य खेलाडी हुन् ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.