6 years ago
March 29, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ ।
विहिवार राती सम्पन्न खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको बेंगलोर निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन जोड्न सक्यो । अन्तिम ओभरमा बेंगलोरलाई जितको लागि १७ रन चाहिएको थियो । लाथिस मलिङ्गालाई शिवम दुबेले पहिलो बलमा छक्का प्रहार गरे पनि अन्य पाँच बलमा ४ रन मात्र जोड्न सकेपछि बेंगलोर पराजित हुन पुगेको थियो ।
टेलिभिजन रिप्लेमा अन्तिम बल नोबल भएको देखिएको थियो । तर अम्पाएर नन्दन सुन्दरम रभिले नो बल दिएनन् । खेल सकिएपछि पत्रकार सम्मेलनमा कप्तान कोहली अम्पायरप्रति आक्रोशित हुँदै भने, ‘हामी आईपीएल स्तरको क्रिकेट खेली रहेका छौं, क्लव र गल्ली स्तरको होइन । अम्पाएरले आँखा खोल्न आवश्यक छ । अन्तिम बलको निर्णय हाँस्यास्पद छ । मलाई केहि थाहा छैन यो केहि भई रहेको छ । मुम्बई र मलिङ्गा भाग्यमानि रहेछन्,’ उनले भने ।
यो बेंगलोरको लगातार दोस्रो हार हो । पहिलो खेलमा बेंगलोर चेन्नई सुपर किंग्सँग ७ विकेटले पराजित भएको थियो । बेंगलोरले तेस्रो खेल आगमी मार्च ३१ मा सनराइजर्स हैंदरावादसँग खेल्ने छ ।
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]
March 26, 2025
एजेन्सी – जिमी निशमको ५ विकेट लिएपछि घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई पाँचौ टि ट्वान्टी आईमा ८ विकेटले हराएको छ । योसँगै न्युजिल्याण्डले पाँच खेलको टि ट्वान्टी आई सिरिज ४-१ ले जितेको छ । आज १ सय २९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ओपनर टिम साइफर्टले अविजित […]
March 26, 2025
एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]