6 years ago
March 29, 2019
एजेन्सी – अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ र डेविड वार्नरको एक वर्षको अस्तर्राष्ट्रिय प्रतिबन्ध आजदेखी सकिएको छ ।
गत वर्ष केपटाउनमा दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा बल टेम्परिङ गरेको पुष्टि भएपछि क्रिकेट अष्ट्रेलियाले स्मिथ र वार्नरलाई १ वर्ष तथा क्यामरन ब्यान्क्रफ्टलाई ९ महिना प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जस अनुसार क्यामरनको प्रतिबन्ध गत पुषमै सकिएको थियो ।
स्मिथ र वार्नरले अव अष्ट्रेलियाबाट खेल्न पाउनेछन् । मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसिय विश्वकपमा अष्ट्रेलिया खेल्दै टोलीमा पुनरागमन गर्ने बताइएको छ । दुवै खेलाडी आफ्नो लय जारी राख्न अन्तर्राष्ट्रिय फेन्चाइज लिग खेल्दै आएका छन् ।
हाल यी दुवै इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलिरहेका छन् । आज स्मिथ र वार्नर एक अर्काबीच पनि भिड्दैछन् । वार्नर सनराइज हैदरावाद र स्मिथ राजस्थान रोयल्सबाट खेल्न लागेका हुन् ।
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]
March 26, 2025
एजेन्सी – जिमी निशमको ५ विकेट लिएपछि घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई पाँचौ टि ट्वान्टी आईमा ८ विकेटले हराएको छ । योसँगै न्युजिल्याण्डले पाँच खेलको टि ट्वान्टी आई सिरिज ४-१ ले जितेको छ । आज १ सय २९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ओपनर टिम साइफर्टले अविजित […]
March 26, 2025
एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]