default_image

6 years ago

March 29, 2019

डी भिलियर्सको अर्धशतक खेर, मुम्बई विजयी

101 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएलमा) को सातौ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि मुम्बई इन्डियन्सले रोमान्चक जित हात पारेको छ ।

विहीबार राती सम्पन्न खेलमा लाथिस मलिङ्गाले अन्तिम ओभरमा जितको लागि १७ रन चाहिएको अवस्थामा ११ रन मात्र खर्चिएपछि मुम्बईले ६ रनको रोमान्चक जित हात पारेको हो । १ सय ८८ रनको लक्ष्य पक्ष्याएको बंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा बेंगलोरलाई जितको लागि १७ रन चाहिएको थियो । लाथिस मलिङ्गालाई शिवम दुबेले पहिलो बलमा छक्का प्रहार गरे पनि अन्य पाँच बलमा ४ रन मात्र जोड्न सकेपछि पराजित हुन पुगेको हो । यध्यपी टेलिभिजन रिप्लेमा अन्तिम बल नोबल भएको देखिएपछि कप्तान कोहली लगायत बेंगलोरका स्टाफ अम्पायरप्रति आक्रोशित देखिएका थिए ।

बेंगलोरका डी विलियर्सले ४१ बलमा ४ चौका र ६ छक्का सहित ७०रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । मयंक मारकन्डेको सातौं ओभरको अन्तिम बलमा बलमा युवराज सिंहले एवि डी विलियर्सको सिलिपमा क्याच छोड्दा जीवन दान पाएका थिए ।

कप्तान विराट कोहलीले ४६ रनको योगदान दिए । १३.४ ओभरमा जसप्रित बुमराहले हार्दिक पान्ड्याबाट क्याच गराउनु अघि कोहलीले ३२ बलमा ६ चौका प्रहार गरे । योसँगै विराटले आफ्नो आईपीएल करियरमा ५ हजार रन पुरा गरेका छन् । बेंगलोरका ओपनर मोईन अली १३, पार्थिव पटेल ३१, शिम्ररोन हिटमायर ५, कोलिन डि ग्रान्डहोम २ रनमा आउट हुँदा दुबे ९ रनमा अविजित रहे । मुम्बईको जितमा जसप्रित बुमराहले ३ र मयंक मारकंडेले १ विकेट लिए ।

त्यसअघि बेंगलोरको घरेलु मैदानमा एम चिन्नास्वामी क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ४८ रन जोडे । सूर्यकुमार यादव ३८, क्विन्टन डी कक र युवराज सिंहले समान २३ रन बनाए । हार्दिक पान्ड्याले अन्त्यतिर १४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३२ रनमा अविजित रहे ।

ओपनर रोहित शर्मा र क्विन्टन डी ककले पहिलो विकेटका लागि ६.३ ओभरमा ५४ रनको साझेदारी गर्दै मुम्बईलाई राम्रो सुरुवात दिलाए । डी ककलाई युजवेन्द्र चाहालले बोल्ड गर्दै ओपनर साझेदारी तोडे । ११ औं ओभरको चौथो बलमा रोहित शर्मालाई उमेश यादवले मोहम्मद सिराजबाट क्याच आउट गराउदै पेभिलिएन फर्काए । युवराजले १४ औं ओभरको पहिलो,दोस्रो र तेस्रो बलमा चाहाललाई लगातार छक्का प्रहार गर्दा चौथो बलमा ठूलो शट खेल्ने क्रममा बाउन्ड्री नजिकै मोहम्मद सिराजले क्याच गरेसँगै मुम्बईको विकेट निरन्तर गुम्दा ठूलो स्कोर बनाउन चुकेको हो ।

मुम्बईका अन्य क्रुनाल पान्ड्या १, काइरान पोलार्ड ५ र मिचेल म्याकक्लेघान १ रनमा आउट भए । बेंगलोरका लागि स्पिनर युजवेन्द्र चाहलले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै उमेश यादव र मोहम्मद सिराजको नाममा समान दुई विकेट रह्यो । यस अघि पहिलो खेलमा मुम्बई दिल्लीसँग ३७ रनले पराजित हुँदा बेंगलोर चेन्नईसँग ७ विकेटले पराजित भएको थियो । बेंगलोरले आफ्नो तेस्रो खेल ३१ मार्चमा सनराइज हैदरावादसँग खेल्दा मुम्बईले किंग्स इलाभने पञ्जावसँग ३० मार्चमा खेल्ने छ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.