default_image

6 years ago

March 28, 2019

हार्दिकको आक्रमक ब्याटिङसँगै मुम्बई बलियो स्थितिमा

124 views

0 Bookmark

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याले तल्लोक्रममा आक्रमक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को सातौं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८८ रनको मध्यम लक्ष्य दिएको छ ।

बेंगलोरको घरेलु मैदानमा एम चिन्नास्वामी क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ४८ रन जोडे । सूर्यकुमार यादव ३८, क्विन्टन डी कक र युवराज सिंहले समान २३ रन बनाए । हार्दिक पान्ड्याले अन्त्यतिर १४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३२ रनमा अविजित रहँदै बलियो योगफल तयार पारे ।

ओपनर रोहित शर्मा र क्विन्टन डी ककले पहिलो विकेटका लागि ६.३ ओभरमा ५४ रनको साझेदारी गर्दै मुम्बईलाई राम्रो सुरुवात दिलाएका थिए । डी ककलाई युजवेन्द्र चाहालले बोल्ड गर्दै ओपनर साझेदारी तोडे । ११ औं ओभरको चौथो बलमा रोहित शर्मालाई उमेश यादवले मोहम्मद सिराजबाट क्याच आउट गराउदै पेभिलिएन फर्काए । युवराजले १४ औं ओभरको पहिलो,दोस्रो र तेस्रो बलमा चाहाललाई लगातार छक्का प्रहार गर्दा चौथो बलमा ठूलो शट खेल्ने क्रममा बाउन्ड्री नजिकै मोहम्मद सिराजले क्याच गरेसँगै मुम्बईको विकेट निरन्तर गुम्दा ठूलो स्कोर बनाउन चुकेको हो ।

मुम्बईका अन्य क्रुनाल पान्ड्या १, काइरान पोलार्ड ५ र मिचेल म्याकक्लेघान १ रनमा आउट भए । बेंगलोरका लागि स्पिनर युजवेन्द्र चाहलले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै उमेश यादव र मोहम्मद सिराजको नाममा समान दुई विकेट रह्यो । दुबै टोली पहिलो जितको खोजमा छन् । यस अघि पहिलो खेलमा मुम्बई दिल्लीसँग ३७ रनले पराजित हुँदा बंगलोर चेन्नईसँग ३७ रनले पराजित भएको थियो ।

May 23, 2025

लखनउले शीर्षस्थानको गुजरातलाई हरायो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ। जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो। ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा […]

May 22, 2025

लखनउले गुजरातको‌ सामना गर्ने

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लिगको शीर्षस्थानमा रहेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।यी दुई टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। गुजरात जितका साथ शीर्ष दुईमा रहने संभावनालाई मजबुत बनाउन चाहन्छ। लखनउलाई गुमाउनु बाँकी केही छैन। लिग चरणबाट बाहिरिसकेको कारण युवा खेलाडीलाई बलिङ […]

May 21, 2025

मुम्बई आइपिएलको प्ले अफमा पुग्ने चौथो टोली

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा प्रवेश गरेको छ। यो सँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको छ। आज मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो। यो जितमा मुम्बई प्ले अफ पुग्ने चौथो टिम बन्यो। मुम्बई प्ले अफमा पुगेको यो ११ औं पटक हो। यसअघि गुजरात टाइटन्स, […]

Success

Thank you for your time.