6 years ago
March 28, 2019
एजेन्सी – भारत भ्रमणमा रहेको नेपाली यू१९ क्रिकेट टिमले पाँचौ तथा अन्तिम अभ्यास खेलमा आन्द्र स्टेट यू१९ क्रिकेट टिमलाई ५ विकेटले पराजित गरेको छ ।
विहीबार २ सय २१ रनको लक्ष्य पछ्याएको नेपाली यू१९ टोलीले ४८.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा आशिफ शेखले ९७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६५ रनको योगदान दिए । भीम सार्कीले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ४५ रनमा नट आउट रहँदा कप्तान रोहित कुमार पौडेल ४५, रवीकुमार शाह ३७, अभिषेक बस्नेत ७, पवन सरार्फ ३ रनमा आउट भए । स्टेटका लागि एम के दत्त,बि सन्तोस,एसएमडी कामिल,नितेश कुमारले समान एक विकेट हात पारे ।
त्यस अघि पहिला ब्याटिङ थालेको आन्द्र यू१९ स्टेटले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो । उसका लागि एम रभि किरण ४५,पि सुब्रमनियम ३८,नितेश कुमार २३,वि योगेन्द्र १२,बी ध्रनरी कुमार ३७ रन बनाउन बाहेक अन्य कुनै कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन सकेनन् । नेपालका पवन सरार्फ र सुर्य तामाङले समान २,कमलसिंह ऐरी,प्रतिस जिसी र भिम सार्कीले समान एक विकेट लिए ।
यस अघि नेपाल पहिलो खेलमा ६२ र तेस्रोमा १ विकेट, चौथो खेलमा ९ रनले विजयी हुँदा दोस्रो खेलमा ७२ रनले पराजित भएको थियो । अप्रिल १२ देखी १८ सम्म मलेसियामा सुरुहुने यू१९ एसिया विश्वकप छनोट अघि नेपालले तयारी स्वरुप स्टेटसँग अभ्यास खेल खलेको हो । ६ राष्ट्रले सहभागिता उक्त प्रतियोगितामा शिर्ष स्थानमा रहने टिमले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न पाउने छ ।
May 17, 2025
एजेन्सी – साविक विजेता कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजनबाट बाहिरिएको छ। रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग शनिवारको खेल वर्षाका रद्द भएसँगै कोलकाता आइपिएलबाट बाहिरिएको हो। वर्षाका कारण टस पनि नभई खेल रद्द भएको हो । रद्दपछि दुबै टोलीले समान १ अंक बाँडेका थिए । १३ खेलमा १२ अंक छोडेपनि कोलकाता […]
May 17, 2025
सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङविरुद्ध विशेष साधारण सभामार्फत अविश्वासको प्रस्ताव पारित भएको छ । संघको शनिवार कपिलवस्तुमा भएको विशेष साधारण सभामा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका छन् । २०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको […]
May 17, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १० दिनपछि आज पुनः सुरु हुँदैछ। भारत र पाकिस्तानबीच चुलिएको तनावका कारण आइपिएल स्थगित भएको थियो। अहिले तनाव कम भइसकेको छ । दुवै देशले युद्धविरामको घोषणा गरेका छन् । आइपिएलको चर्चा विस्तारै पुनः सुरु भएको छ । विदेशी खेलाडीहरु आ-आफ्नो देश फर्किए पनि, यात्रा तालिका अचानक फेरिनु, उडान रद्द […]