default_image

6 years ago

March 28, 2019

‘धवनले आफ्नो जिम्मेवारी निभाउन आवश्यक’ –पोन्टिङ

99 views

0 Bookmark

एजेन्सी –इन्डियन प्रिमियर लिग(आईपीएल) भारतका विभिन्न सहरमा जारी छ । आईपीएलका ८ फेन्चाईज टोली टोली मध्ये एक दिल्ली क्यापिटल्सले सुरुवाती दुई खेलमा १ मा जित र १ मा पराजित भएको छ ।

पहिलो खेलमा मुम्बईलाई ३७ रनले पराजित गरेको दिल्ली आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुन पुग्यो । दिल्लीले पहिलो खेलमा जित निकाल्दा ऋषभ पन्तले २७ बलमा ७८ रन जोडेका थिए । जुन खेलमा दिल्लीले २ सय १३ रन बनाउन सकेको थियो । दोस्रो खेलमा पन्त १३ बलमा २५ रनमा आउट भए । जुन खेलमा दिल्ली १ सय ४७ रनमा समेटियो ।

दोस्रो खेलको नतिजापछि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले हरेक खेलमा ऋषभ पन्तले ठूलो इनिङ्स खेल्न नसक्ने हुनाले ओपनर शिखर धवनले आफ्नो जिम्मेवारी अनुसार खेल्नुपर्ने बताएका छन् ।

पोन्टिङले धवनलाई चेतावनी दिदै भनेका छन्, ‘धवनले आक्रमक रुपममा रन बनाउन आवश्यक छ । दोस्रो खेलमा अन्तिम ५ ओभरको ब्याटिङबाट म निराश छु । हामीले तीब्र गतिमा रन बनाउनुपर्ने थियो । सधैं पन्तले राम्रो खेल्छन् र ठूलो स्कोर बनाउछन् भन्ने हुँदैन । त्यसैले धवनले त्यहि अनुसार रन बनाउन सक्नुपर्छ ।’

दोस्रो खेलमा धवनले सुस्त गतिमा ४७ बलमा ५१ रन मात्र जोडेका थिए । दिल्लीले आफ्नो तेस्रो खेल शनिबार फिरिजो शाह कोटला मैदानमा कोलकता नाइट राइडर्ससँग खेल्ने छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई सुरुवाती दुई खेलमा खेलमा बेन्चमा राखेको दिल्लीले कोलकतासँगको खेलमा मौका दिन सक्ने संभावना छ ।

June 2, 2025

मुम्बईलाई हराउँदै पन्जाब आइपिएल फाइनलमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) ले यस सिजन नयाँ च्याम्पियन पाउने पक्का भएको छ । आइतबार सुरु भएर सोमबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा पन्जाब किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेपछि आइपिएलमा नयाँ विजेता बन्ने पक्का भएको हो । पन्जाबले मुम्बईलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो । मुम्बईले प्रस्तुत गरेको २ सय ४ […]

June 2, 2025

फाइनल पुग्न पञ्जाबलाई विशाल लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को फाइनल पुग्नका लागि मुम्बई इण्डियन्सले पन्जाब किंग्सलाई २ सय ४ रनको विशाल लक्ष्य दिएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन बनाएको छ । मुम्बईका सूर्यकुमार यादवले र तिलक […]

June 1, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पन्जाब किंग्सले टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा पन्जाबका कप्तान श्रेयस एय्यरले टस जितेर फिल्डिङ रोजेका छन् । अब मुम्बईले पहिला ब्याटिङ गर्नेछ। पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग पराजित पन्जाबले इलिमिनेटरको विजेता मुम्बईको सामना गर्न लागेको हो । इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बईले दोस्रो […]

Success

Thank you for your time.