6 years ago
March 28, 2019
एजेन्सी – स्पिनर एडम जाम्पाको घातक बलिङ र ग्लेन म्याक्सवेलको अलराउण्डर प्रर्दशनमा पाकिस्तानसँगको पाँच खेलको वान डे सिरिज अष्ट्रेलियाले दुई खेल अगावै ३-० ले जितेको छ । बुधवार राती सम्पन्न तेस्रो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८० रनले हराउँदै दुई खेल अगावै सिरिज जित्न सफल भयो ।
अष्ट्रेलियाले प्रस्तुतु गरेको २ सय ६७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४४.४ ओभरमा अल आउट हुँदै १ सय ८६ रनमा समेटियो । पाकिस्तानका लागि इमाम उल हक ४६, कप्तान सोएब मालिक ३२, उमर अकमल ३६ र इमाद वासिमले ४३ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका लागि एडम जम्पाले ९.४ ओभर बलिङ गर्दै १ मेडन सहित ४३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै प्याट कमिन्सले ३ तथा ग्लेन म्याक्सवेल, नाथन लायन र जोसन बेहेरेन्डफले समान १-१ विकेट हात पारे ।
त्यसअघि आवुधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६६ रन बनाएको थियो । ३१ ओभरको पाँचौ बलमा मार्कस स्टोइनिस १० रनमा क्याच आउट भएपछि ब्याटिङका लागि मैदान छिरेका ग्लेन म्याक्सवेलले उत्कृष्ट अर्धशतक प्रहारगरेपछि अष्ट्रेलिया बलियो योगफल तयार पार्न सफल भएको हो । ४८ ओभरको अन्तिम बलमा रन आउट हुनु अघि म्याक्सवेलले ५५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७१ रनको महत्वपूर्ण योगदान दिए ।
कप्तान आरोन फिन्च १ सय ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ९० रनमा आउट भए । यो सिरिजको लगातार तेस्रो तथा वान डे करियरको १४ औं शतक प्रहार गर्न १० रनले चुकेका फिन्चलाई ४१.४ ओभरमा यासिर शाहले ह्यारिस सोहेलबाट क्याच आउट गराए । ओपनर उस्मान खवाजा शून्य, शन मार्श १४, पिटर हेन्डस्कम्ब ४७ रनमा आउट हुँदा एलेक्स करी २५ र प्याट कमिन्स २ रनमा अविजित रहे ।
पाकिस्तानका लागि यासिर शाह, इमाद वासिम, ह्यारिस सोहेल, जुनैद खान र उस्मान शीनवारीले समान एक विकेट लिए । पाकिस्तान सुरुवाती दुई खेलमा समान ८ विकेटले पराजित भएको थियो । चौथो खेल शुक्रबार हुनेछ ।
May 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु को तयारीका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले आज घरेलु ‘ए’ टोलीको सामना गर्दैछ । लिग टुको चौथो राउण्डको लागि स्कटल्याण्ड पुगेको नेपाली टोलीले स्कटल्याण्ड ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो । बिहीवारको पहिलो अभ्यास खेलमा नेपाल १ सय २ रनले पराजित भएको थियो । नेपालले यसअघि […]
May 31, 2025
एजेन्सी – घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि ट्वान्टी आई शुक्रवार ५७ रनले जितेपछि घरेलु टोलीले ३ खेलको सिरिजमा २-० ले अग्रता लिएको छ । २ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभरमा १ सय ४४ रनमा समेटियो । बंगलादेशका तान्जिम हसन शाकिबले अर्धशतक […]
May 31, 2025
एजेन्सी – इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । पञ्जाबको न्यु चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज इलिमिनेटरमा मुम्बईले गुजरातलाई २० रनले हरायो । मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ। २ सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २ […]