default_image

6 years ago

March 28, 2019

रसेल चम्कँदा कोलकताको लगातार दोस्रो जित

112 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजका आन्द्रे रसेलले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को छैटौं खेलमा कोलकता नाइट राइडर्सले किंग्स इलाभेनलाई २८ रनले हराएको छ ।

बुधबार राती सम्पन्न खेलमा कोलकताले पन्जावलाई २८ रनले पराजित गर्दै अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको पन्जावले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन मात्र बनाउन सक्यो । पन्जावका लागि मयंक अग्रवालले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए ।

त्यस्तै क्रिस गेल २०,केएल राहुल १,सरफराज खान १३ रनमा आउट भए । डेविड मिलरले ४० बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५९ र मन्दीप सिंह ३३ रनमा अविजित रहेपनि पन्जावको जितको लागि प्राप्त रहेन । कोलकताको जितमा आन्द्रे रसेलले ३ ओभरमा २१ रन खर्चेर २,पियुष चवला र लोकी फ्रग्र्युसनको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १८ रनको विशाल योगफल तयार पारेको थियो । कोलकतालाई विशाल योगफल तयार पार्न आन्द्र रसेलले मात्र १७ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ४८ रनको धमदार पाली खेले । रसेल ३ रनको स्थितिमा बोल्ड भएपनि कप्तान आश्विनले फिल्डिङ राख्न गल्ती गरेपछि अम्पायरले नोबल दिएका थिए ।

नितिश रानाले ३४ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै ६३, क्रिस लिन १०, सुनिल नारायण २४ रनमा आउट भए । रोविन उथप्पा ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६७ रनमा अविजित रहे ।

यो जितसँगै कोलकता २ खेलमा २ मा नै जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ । चेन्नई २ खेलमा २ मा जित निकाल्दै दोस्रो स्थानमा छ । पन्जावका लागि मोहम्मद शामी, वरुण चक्रवर्ती, एन्ड्रयु टाई र हार्डस विलजोनले समान एक विकेट लिए । पन्जावले आफ्नो तेस्रो खेल आगमी ३० मार्चमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । त्यस्तै कोलकताले पनि ३० मार्चमा दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

June 2, 2025

इङ्ग्ल्याण्डलाई १ खेल अगावै सिरिज

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले पाहुना टोली वेस्ट इण्डिजविरुद्धको ओडिआई सिरिज १ खेल अगावै जितेको छ । आइतबार भएको दोस्रो ओडिआई खेल ३ विकेटले जितेसँगै घरेलु टोलीले ३ खेलको ओडिआई सिरिजमा २-० को अग्रता बनाएको हो । ३ सय ९ रनको लक्ष्य घरेलु टोलीले ४८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्याण्डको जितमा जो […]

June 2, 2025

नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु को चौथो राउण्ड अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्डबीचको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । स्टुआर्ट लको प्रशिक्षणमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपाली टोलीले सोमवार पहिलो अन्तर्राष्ट्रिय खेल […]

June 2, 2025

मुम्बईलाई हराउँदै पन्जाब आइपिएल फाइनलमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) ले यस सिजन नयाँ च्याम्पियन पाउने पक्का भएको छ । आइतबार सुरु भएर सोमबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा पन्जाब किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेपछि आइपिएलमा नयाँ विजेता बन्ने पक्का भएको हो । पन्जाबले मुम्बईलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो । मुम्बईले प्रस्तुत गरेको २ सय ४ […]

Success

Thank you for your time.