6 years ago
March 27, 2019
एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले तीव्र गतिका बलर तथा कप्तान लाथिस मलिङ्गालाई आईपीएलका सबै खेल खेल्न अनुमती दिएको छ । श्रीलंका क्रिकेटले ट्वीट गर्दै मलिङ्गालाई पुरै आईपीएल खेल्न अनुमती दिएको जनाएको छ ।
यस अघि श्रीलंका क्रिकेटले विश्वकपमा टिममा शामिल हुनका लागि त्योभन्दा पहिला खेलाडीहरुको घरेलु एकदिवसीय प्रतियोगिता अनिवार्य खेल्नु पर्ने बताएपछि मलिङ्गाले आईपीएलमा सुरुवाती ६ खेल गुमाउने आँकलन गरिएको थियो । भारतीय क्रिकेट कन्ट्रोल कोर्ड ( बिसिसिआई) को आग्रहमा श्रीलंका क्रिकेटले मलिङ्गालाई सबै आईपीएल खेल्न अनुमति दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसअघि घरेलु प्रतियोगिता अनिवार्य खेल्नुपर्ने बताएपछि राष्ट्रिय टोलीका कप्तान समेत रहेका मलिङ्गाले आफ्नो लागि विश्वकप ठूलो रहेको भन्दै आईपीएलको सुरुवाती ६ खेल नखेल्ने बताए थिए । मलिङ्गा मुम्बई इन्डियन्सबाट आईपीएल खेल्ने छन् । मलिङ्गाको अभावमा मुम्बईको पहिलो खेलमा बलिङ पनि केहि कमजोर देखिएको थियो । मुम्बईविरुद्ध दिल्लीले २ सय १३ रन बानाएको थियो । मुम्बई पहिलो खेलमा दिल्लीसँग ३७ रनले पराजित हुन पुग्यो ।
पहिलो खेलमा तीव्र गतिका बलर जसप्रित बुमराह घाईते भएको अवस्थामा श्रीलंका क्रिकेटको यो निर्णयले मुम्बईलाई ठूलो राहत मिल्ने छ । मुम्बई आफ्नो दोस्रो खेल विहिबार रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध खेल्ने छ । मलिङ्गा आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् । मुम्बईले मलिङ्गालाई अक्सनमा २ करोड रुपैयाँ खर्चेर अनुबन्ध गरेको थियो ।
May 17, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १० दिनपछि आज पुनः सुरु हुँदैछ। भारत र पाकिस्तानबीच चुलिएको तनावका कारण आइपिएल स्थगित भएको थियो। अहिले तनाव कम भइसकेको छ । दुवै देशले युद्धविरामको घोषणा गरेका छन् । आइपिएलको चर्चा विस्तारै पुनः सुरु भएको छ । विदेशी खेलाडीहरु आ-आफ्नो देश फर्किए पनि, यात्रा तालिका अचानक फेरिनु, उडान रद्द […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । न्यू पोर्ट क्रिकेट क्लबविरुद्ध नेपालले ३ विकेटको जित दर्ता गरेको हो । नेपालले २ सय १३ रनको लक्ष्य ७ विकेटको क्षतिमा ३८ औं ओभरमा प्राप्त गर्यो । शीर्षक्रमको ब्याटिङले कमजोर प्रदर्शन […]
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण हुन नस्कदा नेपाल सुपर थ्री मा प्रवेश गरेको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो ।नेपालले ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ […]