6 years ago
March 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कुशल मल्लको अलराउन्ड प्रर्दशनमा भारत भ्रमणमा रहको नेपाली यू१९ क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा आन्द्र स्टेट क्रिकेट यू१९ टिमलाई ९ रनले पराजित गरेको छ ।
मंगलबार अन्तिम खेलमा स्टेटमाथि रोमान्चक जित हात पार्दै ४ अभ्यासको सिरिज ३-१ ले जित्न सफल भएको हो । २ सय २२ रनको लक्ष्य पछ्याएको स्टेट ४९.४ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटियो । स्टेटका लागि नितेश कुमारले ८१ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै ७४ रनको उत्कृष्ट पाली खेलेपनि टोलीको हार टार्न सकेनन् ।
हर्षवर्दन ३६, वि योगेन्द्र २०, जे दुर्गा कुमार २५, एम के दत्तले २१ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । नेपालका लागि कुशल मल्ल, पवन सरार्फ र भिम सार्कीले समान २-२ विकेट हात पारे । त्यस्तै सागर ढकाल,राशिद खान र कमलसिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रन बनायो । खराव प्रर्दशन गरेको नेपाल कुनै समय ३७ ओभरमा १ सय ३३ रन जोड्न ८ विकेट गुमाउँदै कमजोर अवस्थामा पुगेको थियो । तर तल्लोक्रमका कुशल मल्ल र राशिद खानले नवौं विकेटका लागि ६७ रनको महत्वपूर्ण साझेदारी गदै सम्माजनक योगफल सम्म पुर्याए ।
मल्लले ५७ बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै ४८ रन जोडे । त्यस्तै राशिद खानले ४० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाए । पवन सरार्फ ३२,रोहित कुमार पौडेल २२,भिम सार्की १७,रित गौतम १५ र लोकेश बम १२ रनमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
स्टेटका लागि जे दुर्गा कुमार,एम माधव र भि कात्तिकले समान २ विकेट लिए । यस अघि नेपाल पहिलो खेलमा ६२ र तेस्रोमा १ विकेटले विजयी हुँदा दोस्रो खेलमा ७२ रनले पराजित भएको थियो । यी चार अभ्यास खेलको प्रर्दशनबाट नेपालले अप्रिल १२ देखी १८ सम्म मलेसियामा ६ राष्ट्रले सहभागिता जनाउने यू१९ एसिया विश्वकप छनोटको लागि अन्तिम १४ सदस्य टोलीको घोषणा गर्नेछ । यस प्रतियोगितामा शिर्ष स्थानमा रहने टिमले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न पाउने छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]