6 years ago
March 26, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राती सम्पन्न चौथो खेलमा राजस्थान रोयल्सका जस बटलरलाई किंग्स इलेवन पंजाबका कप्तान रविचन्द्र आश्विनले गरेको रन आउट अहिले विश्वक्रिकेटमा निकै चर्चाको विषय बनेको छ।
विश्वका धेरै क्रिकेट विश्लेषकहरुले आश्विनले खेल भावना बिपरित आउट गरेको भन्दै चर्को आलोचना गरि रहेका छन् । चौथो खेलमा पन्जावले राजस्थानलाई १४ रनले हरायो । १ सय ८५ रनको लक्ष्य पक्ष्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रनमा समेटियो ।
विशाल लक्ष्य पछ्याउने क्रममा जस बटलरले ४३ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६९ रनमा खेलि रहेका थिए । आक्रमक रुपमा ब्याटिङ गरि रहेका बटलरलाई रोक्न आश्विन १३ औं ओभरमा बलिङ गर्न आए । आश्विनले पाँचौ बलमा सन्जु स्यामसनलाई बलिङ गर्ने क्रममा नन स्टाईकमा रहेका बटलर रनको लागि क्रिज छाडेर थोरै मात्र अघि निस्केका थिए । तर आश्विनले बलिङ गर्न छाडेर बटलरलाई रन आउट गरे र आउटको लागि अपिल गरे । थर्ड अम्पायर ब्रुस ओक्शनफोर्डले रिब्यू हेर्दै आउट दिए ।
आईसीसीको ४१.१६ नियम अनुसार बटलर आउट थिए । तर आश्विनले यसरी आउट गर्नु पुर्व एकपटक बटलरलाई चेतावनी दिनुपर्ने थियो । तर कुनै चेतावनी नदिई सिधैं आउटको लागि अपिल गरे । यो रन आउटलाई धेरै क्रिकेट विश्लेषकहरुले खेल भावना बिपरित रहेको बताएका छन् । खेलपछि पत्रकार सम्मेलनमा कप्तान आश्विनले यो कुनै योजना नरहेको र आफुले खेलको नियम भित्र रहेर बटलरलाई आउट गरेको बताए ।
आश्विनको सामाजिक सञ्जालमा चर्को आलोचना भई रहेको छ । इंग्ल्यान्डका कप्तान इओन मर्गिनले ट्वीट गर्दै लेखेका छन्, ‘मलाई विश्वास लागि रहेको छैन की म के देखी रहेको छु । यो नयाँ पुस्ताका लागि राम्रो उदारण होइन । मलाई लाग्छ आश्विन यो निर्णयले आफै पछुताउने छन् ।’
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]