6 years ago
March 26, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलाभेन पन्जाबले रोमान्चक जित निकाल्दै सुखद सुरुवात गरेको छ । सोमबार राती सम्पन्न चौथो खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदै पन्जाबले विजयी सुरुवात गरेको हो ।
पन्जाबको जितमा कप्तान रवीचन्द्रन आश्विनको रनआउट भने विवादास्पद रहयो । पन्जाबले १ सय ८५ रनको लक्ष्य पक्ष्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनाउन सक्यो । राजस्थानका लागि जस बटलरले ४३ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६९ रनको महत्वपूण योगदान दिए । बटलरले पहिलो विकेटका लागि कप्तान अजिंक्या रहाणेसँग ८.१ ओभरमा ७८ रनको साझेदारी गर्दै सहज जिततर्फ अघी बढाएका थिए ।
बटलरलाई १२.५ ओभरको पाँचौ बलमा कप्तान रविचन्द्र आश्विनले रन आउट गरे । तर रन आउट आश्चर्यजनक थियो । सन्जु स्यामसनलाई बलिङ गर्ने क्रममा नन स्टाईकमा रहेका बटलरलाई आश्विनले बलिङ गर्दै नगरी रोकिएर रन आउट गरे । बटलर जुन समय क्रिज छाडेर थोरै अघि निस्केका थिए । बटलर रन आउट हुनु राजस्थानको लागि दुर्भाग्य सावित भयो । बटलर आउट भएसँगै राजस्थानको विकेट निरन्तर पतन हुँदा राजस्थान पराजित हुन पुगेको हो ।
स्टिभ स्मिथले आफ्नो पुनरागमन खेलमा १६ बलमा समान १ चौका र छक्का प्रहार गर्दै १९, कप्तान अजिंक्या रहाणे २७, सन्जु स्यामसन ३०, बेन स्टोक्स ६, जोफ्रा आर्चर २, राहुल त्रिपाठी १ रनमा आउट भए । पञ्जावका लागि साम करन, मुजिव उर रहमान, अंकित राजपुतले समान दुई विकेट लिए । आश्विनको नाममा १ विकेट रह्यो ।
त्यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । पञ्जावका लागि ओपनर क्रिस गेलले उत्कृष्ट ब्याटिङ गरे । १६ ओभरको पाँचौ बलमा बेन स्ट्रोक्सले राहुल त्रिपाठीबाट क्याच गराउनु अघि गेलले ४७ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ७९ रनको महत्वपूर्ण योगदान दिए । ओपनर केएल राहुल ४,मयंक अग्रवाल २२ रनामा आउट भए ।
सरफराज खानले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे । निकोलस पुरन १२ रन जोडे । राजस्थानका लागि बेन स्ट्रोक्सले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । त्यस्तै धवन कुलकर्णी र कृष्णप्पा गौतमको नाममा समान एक विकेट रह्यो ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]