6 years ago
March 25, 2019
एजेन्सी – कप्तान रोहित कुमार पौडेल ब्याटिङमा र कमलसिंह ऐरीले बलिङमा उत्कृष्ट प्रर्दशन गरेपछि भारत भ्रमणमा रहको नेपाली यू१९ क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा आन्द्र स्टेट क्रिकेट टिमलाई १ विकेटले पराजित गरेको छ ।
२ सय २८ रनको लक्ष्य पक्ष्याएको नेपाली यू१९ टिमले ४७.३ ओभरमा ९ विकेटको क्षतिमा २ सय ३० रन बनाउँदै पुरा गर्यो । नेपालको जितमा कप्तान रोहित कुमार पौडेलले ६५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७१ रनको महत्वपूर्ण योगदान दिए । भिम सार्की ४९, आशिफ शेख १२, पवन सरार्फ ३०,हरि चौहान ७ र कुशल मल्ल १३ रनमा आउट भए । सन्दीप जोरा १९ र राशिद खान ३ रनमा आउट भए ।
त्यसअघि पहिला ब्याटिङ गरेको आन्द्र स्टेट यू१९ ले ४९.१ ओभरमा अल आउट हुँदै २ सय २७ रनमा समेटिएको थियो । स्टेटका लागि बी योगेन्द्रले सर्वाधिक ५९ रन बनाए । त्यस्तै नितेश कुमार ५१,राम प्रसाद २६,पि सुब्रमनियम ४५ र जे दुर्गा कुमारले १६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।
नेपालका लागि कमलसिंह ऐरी ९.१ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए । पवन सरार्फ ३,सागर ढकाल,प्रतिस जिसी र राशिद खानले समान एक एक विकेट आफ्नो नाममा लेखाए । यस अघि पहिलो अभ्यास खेलमा नेपाल ६२ रनले विजयी हुँदा दोस्रो खेलमा ७२ रनले पराजित हुन पुगेको थियो ।
नेपालले स्टटेसँग थप एक अभ्यास खेल खेल्ने छ । यी चार अभ्यास खेलबाट नेपालले अप्रिल १२ देखी १८ सम्म मलेसियामा ६ राष्ट्रले सहभागिता जनाउने यू१९ एसिया विश्वकप छनोटको लागि अन्तिम १४ सदस्य टोलीको घोषणा गर्ने छ । यस प्रतियोगितामा शिर्ष स्थानमा रहने टिमले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न पाउने छ ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]