default_image

6 years ago

March 25, 2019

राजस्थान र पञ्जाव भिड्दै

95 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेलमा आज राजास्थान रोयल्स र किंग्स इलाभेन पञ्जावबीच प्रतिसप्रर्धा हुदैँ छ ।

नेपाली समय अनुसार बेलुका ८ः१५ देखी जयपुरमा सुरु हुने खेलमा दुबै टोली १२ आंै संस्करणको पहिलो खेल खेल्दै छन् ।

दुबै टोली सुखद सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । अस्टे«लियाका पुर्व कप्तान समेत रहेका स्टिभ स्मिथले पञ्जावसँगको खेलबाट आईपीएलमा पुनरागमन गर्नेछन् । गत संस्करणमा बल टेम्परिङ काण्डका कारण स्मिथले आफ्नो नाम फिर्ता लिएका थिए ।

राजास्थानको कप्तान अजिंक्या रहाणे गर्नेछन् । हिटर तथा विकेटकिपर जस बटरलर, अलराउण्डर बेन स्ट्रोक्स,अस्टन टर्नर, ओशन थोमस राजास्थानका मुख्य हतियार हुन् । स्मिथसँगै, हराणे, सन्जु स्यामसन राजस्थानका टप अडरका ब्याट्सम्यान हुन् ।

तीब्र गतिका बलरमा जयदेव उनादकट, श्रेयर गोपाल, जोफ्रा आर्चर, धवन कुलकर्णी छन् । स्पिनरको रुपमा ईश सोधि रहेका छन् । राजस्थानले पहिलो संस्करणको आईपीएलको उपाधि जितेको थियो । त्यस यता उपाधि जित्न सकेको छैन ।

यता हालसम्म आईपीएलको उपाधि जित्न नसकेको पञ्जावको कप्तानी रविचन्द्र आश्विनले गर्नेछन् । विश्फोटक ब्याट्सम्यान क्रिस गेल, केएल राहुल, डेविड मिलर, निकोलस पुरन पञ्जावमै छन् ।

गत संस्कराणमा सर्वाधिक विकेट लिने एन्ड्रयु टाईसँगै मोहम्मद शामी, युवा अलराउण्डर साम करन, स्पिनर मुजिव उर रहमान, वरुण चत्रवर्ती पञ्जावका मुख्य हतियार हुन् । युवा ब्याट्सम्यान मंयक अग्रवाल पनि पञ्जावमै छन् ।

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

Success

Thank you for your time.