6 years ago
March 25, 2019
एजेन्सी – श्रीलंकासँगको टी२० सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ ।
आइतबार राती सम्पन्न तेस्रो खेलमा डकवर्थ लेविस (डिएल) पद्दतिका आधारमा ४५ रनले विजयी भएपछि अफ्रिकाले टी सिरिज ३-० ले कब्जा गरेको हो ।
१ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा ११.१ ओभरमा ६ विकेट गुमाएर १ सय ११ रन बनाएको अवस्थामा वर्षाको कारण खेल केहिसमय रोकिन पुगेको थियो । वर्षा रोकिएपछि डकवर्थ लेविस (डिएल) अनुसार श्रीलंकाले १७ ओभरमा १ सय ८३ रनको लक्ष्य पाएको थियो ।
तर १५.४ ओभरमा अल आउट हुँदै श्रीलंका १ सय ३७ रनमा समेटियो । श्रीलंकाका लागि निरोसन डिक्वेला ३८,इसुरु उडाना ३६ र एन्जिलो परेराले १५ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफ्रिका लागि एन्डिले फेहलुकवेओले ३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै जुनियर डाला र लुथो सिपमालाको नाममा समान दुई विकेट रह्यो । त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली अफ्रिकाले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै १ सय ९८ रनको विशाल योगफल तयार पारेको थियो ।
अफ्रिका लागि ड्वेन प्रिटोरिसले ४२ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७७ रनमा अविजित रहे । त्यस्तै रिजा हेन्ड्रिक्सले ५२ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ र कप्तान जेपी ड्युमिनी ३४ रनको योगदान दिए ।
श्रीलंका जेफ्री भान्डरसे र सुरुङ्गा लकमलले समान एक विकेट लिए ।यस अघि पाँच ओडीआई सिरिज पनि श्रीलंकाले ५-० ले गुमाएको थियो ।
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]