default_image

6 years ago

March 25, 2019

पन्तको उत्कृष्ट प्रर्दशनमा सन्दिप सम्मिलित दिल्लीको विजयी सुरुवात

84 views

0 Bookmark

एजेन्सी – ईन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।

आइतबार राती सम्पन्न तेस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २ सय १४ रनको लक्ष्य पक्ष्याएको मुम्बईले १९.२ अ‍ोभरमा अल आउट हुुँदै १ सय ७६ रनमा समेटियो ।

मुम्बईका लागि युवराज सिंहले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । मुम्बईका अन्य क्रुनाण पान्ड्या १५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३२, कप्तान रोहित शर्मा १४, क्विन्टन डी कक २७, किरण पोलार्ड २१ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

दिल्लीका लागि कागिसो रबाडा र ईशान्त शर्माले समान दुई विकेट लिए । त्यस्तै टे«न्ट बोल्ट,राहुल तवतिया,अक्षर पटेल र किमो पलले समान एक एक विकेट हात पारे ।

त्यस अघि वानखडे क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रन बनायो ।

मात्र १८ बलमा अर्धशतक पुरा गरेका पन्तले २७ बलमा समान ७ छक्का र चौका प्रहार गर्दै ७८ रनमा अविजित रहे । पन्तले विश्फोटक ब्याटिङ गरेपछि दिल्लीले विशाल योगफल तयार पार्न सफल भयो ।

कोलिन इनग्रामले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४७,ओपनर शिखर धवनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४३,पृथ्वी शा ७, कप्तान श्रेयर ऐरले १६,किमो पल ३ र अक्षर पटेल ४ रनमा आउट भए । राहुल टेवाटिया ९ रनमा अविजित रहे ।

मुम्बईका लागि मिचेल म्याकक्लेनाघनले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्या,बेन कटिङ्ग र जसप्रित बुमराहको नाममा समान एक विकेट रह्यो ।

दिल्लीले दोस्रो खेल मंगलबार चेन्नईसुपरसँग खेल्ने छ भने मुम्बईले २८ मार्चमा रोयल च्यालेन्जर्स बेंगलोरसँग प्रतिसप्रर्धा गर्ने छ ।

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

Success

Thank you for your time.