6 years ago
March 24, 2019
एजेन्सी – ओपनर डेविड वार्नरनले सानदार अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको दोस्रो खेलमा सनराइजर्स हैदराबादले कोलकता नाईट राइडर्सलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।
इडेन गार्डेन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८१ रन बनायो । हैदरावादलाई विशाल योगफल तयार पार्न ओपनर डेविड वार्नरले सानदार ब्याटिङ गरे । वार्नरले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८५ रनमा क्याच आउट भए ।
वार्नरको यो आईपीएलमा पुनरागम खेल समेत हो । बल टेम्परिङ काण्डका कारण वार्नरले गत संस्करणको आईपीएल गुमाएका थिए । वार्नरलाई १६ ओभरको अन्तिम बलमा आन्द्र रसेलले रोविन उथप्पाबाट उत्कृष्ट क्याच आउट गराए । वार्नरले जोनी बेयरस्टोसँग पहिलो विकेटका लागि १२.५ ओभरमा १ सय १८ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । १३ ओभरको पाँचौ बलमा पियुष चाहलले बोल्ड आउट गर्नु अघि बेयरस्टोले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए ।
हैदरावादका विजय शंकरले २४ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४० रनमा अविजित रहे । युसुफ पठान १ र मनिष पान्डेले ८ बटुले । कोलकताका लागि आन्द्रे रसेलले २ र पियुष चाहलले समान एक विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
November 15, 2024
एजेन्सी – इङ्ग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर इण्डियन प्रिमियर लिग(आइपिएल) को अन्तिम अक्सन सुचीमा अटाएनन्। आइपिएलले शुक्रवार जारी गरेको ५ सय ७४ जना अन्तिम खेलाडीको सुचीमा आर्चरले स्थान पाएनन् । अक्सनको अन्तिम सुचीमा ३ सय ६६ भारतीय र २ सय ८ जना विदेशी खेलाडी अटाउदा आर्चरले बनाउन सकेनन् । आर्चरले अक्सनको अन्तिम सुचीमा स्थान […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि वेस्ट इण्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गराएको शुक्रवार विज्ञप्ती मार्फत जनाएको छ । २० वर्षिया बायाँ हाते तीव्र गतिका बलर रामोनले आइसिसी यु १९ क्रिकेट विश्व कप २०२२ मा वेस्ट इन्डिजका […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणमा विभिन्न टोलीमा आवद्ध भएका तीन क्रिकेटर इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को अन्तिम अक्सन सुचीमा अटाएका छन् । आइपिएलले शुक्रबार जारी गरेको ५ सय ७४ जना खेलाडीको अन्तिम अक्सन सुचीमा एनपिएलमा आवद्ध तीन खेलाडीले स्थान बनाएका हुन् । आईपिएल अक्सनमा लुम्बिनी लायन्सका अमेरिकी उन्मुक्त चन्द, […]