6 years ago
March 24, 2019
एजेन्सी – साविक बिजेता चेन्नई सुपर किंग्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) को १२ संस्करणमा विजयी सुरुवात गरेको छ ।
शनिवार राती सम्पन्न पहिलो खेलमै रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । सामान्य ७१ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनर आम्बाती रायडूले ४२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २८ रनको योगदान दिए ।
अर्का ओपनर शेन वाटशन डक आउट हुँदा सुरेश रैनाले १९ रनको योगदान दिँदै आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान बने । त्यस्तै केदार जाधव १३ र रविन्द्र जडेजा ६ रनमा अविजित रहे । बेंगलोरका मोहम्मद सिराज, युजवेन्द्र चाहल र मोईन अलीले समान एक विकेट लिए ।
त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोर १७.१ ओभरमा अल आउट हुँदै ७० रनमा समेटिएको थियो । बेंगलोरका लागि ओपनर पार्थिप पटेलले सर्वाधिक २९ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । अर्थात बेंगलोरका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । पटेलले ३५ बलमा २ चौका प्रहार गरे ।
हरभजन सिंहले चौथो ओभरको तेस्रो बलमा रविन्द्र जडेजाबाट क्याच गराउँदै कप्तान विराट कोहलीलाई ६ रनमा पेभिलिएन फर्काए । छैंटौ ओभरमा दोस्रो बलमा आफैं क्याच लिदै हरभजले मोईन अलीलाई ९ रनमा आउट गरे । हरभजनलेनै आठौं ओभरको दोस्रो बलमा जडेजाबाट एवी डी विलियर्सलाई ९ रनमा आउट गरेपछि बेंगलोर सस्तैमा आउट हुने संकेत देखाएको थियो । आठौं ओभरको अन्तिम बलमा शिम्ररोन हिटमायर डक आउट भएपछि बेंगलोर ३९–४ को कमजोर अवस्थामा पुग्यो । बेंगलोरको विकेट पतन निरन्तर जारी रह्यो ।
कोलन डी ग्राण्डहोम ४,शिवम दुबे र नन्दीप सैनी समान २,युजवेन्द्र चाहल ४,उमेश यादव १ रनमा अउट भए । हरभजनले बेंगलोरको टप अडर धरासयी बनाउँदा ताहिर र जडेजाले मिडिल तथा तल्लो क्रम निराश बनाए । चेन्नईका लागि इमरान ताहिरले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर ३ विकेट लिए । हरवजनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिदा रविन्द्र जडेजाले २ र ड्वेन ब्राभोको नाममा १ विकेट रह्यो । चेन्नईले दोस्रो खेलमा अव २६ मार्चमा दिल्ली क्यापिटल्ससँग प्रतिसप्रर्धा गर्दा बेंगलोरले मुम्बई इन्डियन्ससँग २८ मार्चमा खेल्ने छ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्पिनर ललित नारायण राजवंशी लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदर्शन अब्बल रहँदै आएको छ। पुलिसले अहिले सम्म खेलेका सबै ६ खेलमा जित निकाल्न सफल रहँदा ललितको प्रदर्शन प्रमुख बनेको छ। उनको बलिङको जादु चलिरहेको छ। क्रिकेटमा ५ विकेट हलको महत्त्व विशेष मानिन्छ। लेफ्ट आर्म […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]