6 years ago
March 23, 2019
एजेन्सी – कप्तान आरोन फिन्चले उत्कृष्ट शतक प्रहार गरेपछि पाकिस्तानसँगको पहिलो वान डे खेलमा पाहुना टोली अष्ट्रेलियाले सानदार जित हात पारेको छ ।
शुक्रबार राती शारजाह क्रिकेट स्टेडियम युएईमा सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्च १ सय ३५ बलमा ४ छक्का र ८ चौका प्रहार गर्दै १ सय १६ रनमा क्याच आउट भए । फिन्चको यो वान डे करियरको १२ औं शतक हो ।
शन मार्श १ सय २ बला ४ चौका र २ छक्का प्रहार गर्दै ९१ रनमा अविजित रहँदा ओपनर उस्मान ख्वाजा २४ रनमा आउट भए । त्यस्तै पिटरहेन्डस्कम्व ३० रनमा नट आउट रहे । सहज जित दिलाउन फिन्च र मार्शले दोस्रो विकेटका लागि १ सय ७२ रनको साझेदारी गरेका थिए । पाकिस्तानका लागि फहिम असरार्फ र मोहम्मद अब्बासले समान एक विकेट हात पारे । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८० रन बनायो । पाकिस्तानको लागि मिडिल अडरका ह्यारिस सोहेलले करियरको पहिलो वान डे शतक प्रहार गर्दै १ सय १५ बलमा ६ चौका र १ छक्का सहित १ सय १ रनमा अविजित रहे । त्यस्तै ओपनर शन मसूद ४०, ईमाम उल हक १७, उमर अकमल ४८, कप्तान शोएब मालिक ११ र फहिम अशरर्फ २८ रनमा आउट भए ।
ईमाद वासिमले १३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रनमा नट आउट रहे । अष्ट्रेलियाका लागि नाथन कुल्टर नाईलले २,नाथन लायन,ग्लेन म्याक्सवेल र झेय रिचड्सनले समान एक एक विकेट लिए । यो जितसागै पाँच ओडीआई सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । दोस्रो खेल आगमी आईतबार हुने छ ।
February 7, 2025
सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]
February 7, 2025
सुमन अधिकारी, बुटवल रुपन्देही तिलोत्तमा नगरपालिकामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु हुने भएको छ । फ्लड लाइटका आवश्यक सामाग्री मैदानमा आइसकेको र शनिवार जडानका काम सुरु गर्ने शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरि जनाइएको छ । अष्ट्रेलियमा बस्दै आएका एक्ट्राटेकका प्रबन्ध निर्देशक विनोद कुँवरको एकल लगानीमा गत वर्ष जेठ २९ गते […]