default_image

6 years ago

March 22, 2019

सोहेलको शतकमा पाकिस्तानको बलियो प्रदर्शन

84 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान ह्यारिस सोहेलले वान डे करियरको पहिलो शतक प्रहार गरेपछि पाँच खेलको वान डे सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तानले पाहुना टोली अष्ट्रेलियालाई २ सय ८१ रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८० रन बनायो । पाकिस्तानको लागि मिडिल अडरका ह्यारिस सोहेलले करियरको पहिलो वान डे शतक प्रहार गर्दै १ सय १५ बलमा ६ चौका र १ छक्का सहित १ सय १ रनमा अविजित रहे ।

त्यस्तै ओपनर शन मसूद ४०, ईमाम उल हक १७, उमर अकमल ४८, कप्तान शोएब मालिक ११ र फहिम अशरर्फ २८ रनमा आउट भए । ईमाद वासिमले १३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रनमा नट आउट रहे । अष्ट्रेलियाका लागि नाथन कुल्टर नाईलले २,नाथन लायन,ग्लेन म्याक्सवेल र झेय रिचड्सनले समान एक एक विकेट लिए ।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

अटोरिक्सा चालकका छोराको आइपिएलमा ड्रिम डेब्यू

इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आइपिएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता […]

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

Success

Thank you for your time.