9 years ago
April 29, 2016
हिजो बेलुकी भएको आइपिएलको खेलमा मुम्बई ईन्डियान्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । १७५को लक्ष्य पाएको मुम्बईले १२ बल अगाडिनै लक्ष्य पुरा गरेको थियो ।
टस हरेपछी ब्याटिङमा उत्रीएको कोलकाताले पुरा २० ओवर ब्यटिङ गर्दै ५ विकेटको नोक्सानिमा १७४रन बनाएको थियो । कप्तान गौतम गम्भिर्लए अर्धशतकिय पारी खेल्दै १७४ रन बनाउन महत्वपुर्ण भूमिका खेलेका थिए । उनिसँग ओपनिङ गरेका उत्थापाले पनि २०बलमा ३९ रन बानएका थिए । मुम्बईकालागि साउथिले दुई विकेट लिएका थिए ।
१७५रन को लक्ष्य लिएर उत्रीएको मुम्बईकालागि ओपनर रोहित शर्माले ४९बल मा ६८ रन बनाएका थिए । कुनै समय लगभाग पराजायतिर लम्किरहेको मुम्बईकालागि पोलर्डले १७बल मा ५१रन बनाउदै जित सुनिस्चित गरएका थिए ।
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]