default_image

6 years ago

March 19, 2019

पारस र ज्ञानेन्द्रको टोलीबीच ‘मातृभूमि कप’ हुने

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लको टिमबीच आगमी चैत्र २३ गते मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट हुने भएको छ ।

धुर्मुस-सुन्तली फाउण्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ मैत्रीपूर्ण क्रिकेट आयोजना गर्न लागेको हो । मातृभूमि कप मैत्रीपूर्ण क्रिकेटमा पारस खड्काले राष्ट्रिय टिम ‘ए’ र ज्ञानेन्द्र मल्लले राष्ट्रिय टिम ‘बी’ को कप्तानी गर्नेछन् । खेल टियू क्रिकेट मैदानमा हुनेछ ।

काठमाडौंमा आज एक पत्रकार सम्मेलन गरि आयोजक धुर्मुस सुन्तली फाउण्डेसनले खेलबारे जानकारी गराएको छ । मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट अझ रोचक बनाउन दर्शकहरुको लागि आर्टिस्ट ‘ए’ र आरिट्स ‘बी’ बीच पनि प्रतिस्पर्धा हुनेछ । टोली ‘ए’ को कप्तानी मदनकृष्ण श्रेष्ठ र टोली ‘बी’ को हरिवंश आचार्यले कप्तानी गर्ने छन् । सहयोग रकम पनि संकलन होस् र दर्शकलाई पनि भार नपरोस् भन्ने उद्देश्यले टिकट मुल्य रु ३ सय र १ हजार राखिएको फाउण्डेसनले जनाएको छ ।

कप्तान पारस खड्काको टिम ‘ए’ मा शरद भेषावकर, सोमपाल कामी, अनिलकुमार शाह, ललितनारायण राजवंशी, अभिनास बोहरा, सन्दीप जोरा, भुवन कार्की, सुनिल धमला, रोहित कुमार पौडेल, कमल सिंह ऐरी र आरिफ शेख रहेका छन् । मल्लको टिम ‘बी’ मा विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सरार्फ, विक्रम शोब, सुसन भारी, दिलिप नाथ र प्रदीप ऐरी छन् ।

विनाशकारी भूकम्पपछि चारवटा एकिकृत बस्ती निर्माण गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको थालनी गरिसकेको छ। जनस्तरबाट बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बनाईने छ । चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुल आकारको हुने योजना रहेको छ । रंगशालामा २५ हजार दर्शक क्षमताको हुनेछ । बहुउपयोगी हुने यो रंगशालाभित्र त्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछ ।

रंगशालामा बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने बताइएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निमार्ण गरेको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गर्ने छ । रंगशाला निर्माणमा ३ अर्ब रुपैयाँ लागतको अनुमान गरिएको छ ।

February 24, 2025

रचिनको शतकसँगै न्युजिल्याण्ड सेमिफाइनलमा

एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

Success

Thank you for your time.