default_image

6 years ago

March 19, 2019

आईपीएलमा चम्किएका ५ पाकिस्तानी खेलाडी

104 views

0 Bookmark

एजेन्सी – विश्वचर्चित ईन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आगमी २३ मार्च देखी भारतका विभिन्न सहरमा हुँदै छ ।सन् २००८ देखी सुरु भएको आईपीएल हालसम्म चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले समान ३-३ पटक उपाधि जितेका छन् । त्यस्तै कोलकता नाईट राइडर्सले २,सनराईजर्स हैदरावाद, राजस्थान रोयल्स र डेकन चार्जर्सले एक पटक उपाधि चुमेका छन् ।

शहिद अफ्रिदी

विश्वका सबै स्टार खेलाडीको जम्घट हुने आईपीएलमा पाकिस्तानका खेलाडी भने सहभागि हुँदैनन् । पाकिस्तानका खेलाडीलाई आईपीएल खेल्न प्रतिबन्ध छ । सन् २००८ को मुम्बईमा भएको आतंककारी हमला र सिमा क्षेत्रको निरन्तर विवादको कारण पाकिस्तानी खेलाडीलाई आईपीएल खेल्न भारत सरकार र भारतीय क्रिकेट बोर्डले प्रतिबन्ध लगाएको हो ।

सन् २००८ को पहिलो संस्करणको आईपीएलमा पाकिस्तानका ११ खेलाडी सहभागि थिए । त्यस यता कुनै पनि पाकिस्तानका खेलाडी आईपीएल खेलेका छैनन् । आईपीएल खेलेका ११ खेलाडी मध्य पाँच स्टार पाकिस्तानी खेलाडी र ती खेलाडीको प्रर्दशन यस्तो थियो ।

५. शाहिद अफ्रिदी

बुम बुम अफ्रिदीको उप नाम पाएका अफ्रिदीले सन् २००८ मा डेकन चार्जर्सबाट आईपीएलमा प्रतिनिधित्व गरेका थिए । अफ्रिदीले १० खेलमा ८१ रन बनाउनुको साथै ९ विकेट लिएका थिए । अफ्रिदीबाट आसा गरे अनुसारको प्रर्दशन भने हुन सकेन । अफ्रिदिले एक अन्तर्वार्तामा डेक्सनका भीभीएस लक्ष्मणको कप्तानी आफुलाई मन नपरेको र एडम गिलक्रिस्टलाई कप्तान दिनु पर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए ।

४. शोएब अख्तर

विश्वकै तीव्र गतिका बलर अख्तरले सन् २००८ मा कोलकता नाईट राइडर्सबाट आईपीएल खेलेका थिए । जुन बेला सौरभ गांगुली कोलकताका कप्तान थिए । पहिलो खेलमै दिल्लीका विरेन्द्र सहवाग, गौतम गम्भीर, एबी डी भिलिसयर्स र मनोज तिवारीलाई आउट गर्दै सनसनी मच्चाएका अख्तरले ३ खेलमा ५ विकेट लिए । त्यसै वर्ष अख्तरलाई पाकिस्तान बोर्डले एक विवादका कारण ५ वर्ष प्रतिबन्ध लगाएको थियो ।

उमर गुल, सोहेल तनवीर र शोएब अख्तर

३. मोहम्मद हफिज

पाकिस्तान क्रिकेट टिमका अलराउण्डर हाफिजले कोलकताबाट नै आईपीएल खेलेका थिए । हफिजले ८ खेलमा २ विकेट लिनुका साथै ६४ रन बनाए । अफिज हाल पनि पाकिस्तानका प्रमुख अनुभवी अलराउण्डर हुन् ।

२. कामरान अकमल

पाकिस्तानका विकेटकीपर तथा ब्याट्सम्यान अकमलले सन् २००८ को आईपीएलमा राजस्थान रोयल्यसबाट खेलेका थिए । ६ खेल खेल्ने मौका पाएका अकमलले १ अर्धशतक सहित १ सय २८ रन जोडेका थिए ।

१. सोहेल तनविर

तीव्र गतिका बलर सोहेल तनविरले पनि राजस्थानबाटै आईपीएल खेलेका थिए । राजस्थानलाई उपाधि दिलाउन तनविरको प्रर्दशन उत्कृष्ट थियो । उनले ११ खेलमा २२ विकेट लिँदै आईपीएलको उपाधि नै जिताए । जसमा उत्कृष्ट प्रर्दशन ६-१४ थियो । जुन एकै खेलमा आईपीएलमा लिएको ६ विकेटको प्रदर्शनको रेकर्ड अझै पनि कायम छ । आईपीएलको पहिलो पर्पल क्याप तनविरले जितेका थिए ।

यी पाँच खेलाडी बाहेक सन् २००८ मा शोएब मालिक, सलमान बट, उमर गुल, मोहम्मद आसिफ,मिस्बाह उल हक र युनिस खानले आईपीएल खेलेका थिए ।

March 24, 2025

दिल्ली र लखनउ खेल्दै, राहुल र ऋषभको चर्चा

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]

March 24, 2025

अटोरिक्सा चालकका छोराको आइपिएलमा ड्रिम डेब्यू

इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आइपिएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता […]

March 23, 2025

चेन्नईले मुम्बईलाई हरायो

एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]

Success

Thank you for your time.