6 years ago
March 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एनसिएल वोमन्स टि–२० क्रिकेट लिग प्रतियोगिता आगामी वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने भएको छ । काठमाडौंमा आज एक पत्रकार सम्मेलन गरि आयोजक एनसिएल स्पोट्र्स प्राईभेट लिमिटेडले प्रतियोगिता बारे सम्पूर्ण जानकारी गराएको छ ।
वैशाख ७ देखि शुरु हुने प्रतियोगितामा ४ सहरका ४ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । प्रतियोगितामा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौ सुपर च्याम्पियन्स गरि चार टोलीको सहभागिता रहने छ । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री (भैरहवा), सिता रानामगर (धनगढी ), नेरि थापा(काठमाडौं ),करुणा भन्डारी (विराटनगर) टोलीको मार्की खेलाडीका रुपमा रहेका छन् ।
सहभागी टोलीका मालिकहरु अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), दीपक सुवेदी र अनिल भण्डारी (भैरहवा क्विन्स), हरि खनाल (धनगढी वन्डर वोमेन) र नायिका रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन् ।
टोलीको खेलाडी छनोटका लागि केहि दिनमा अक्सन हुने जनाईएको छ । प्रतियोगितामा ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको छ । अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ रहनेछ । बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ रहनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लयेर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारका प्रदान गर्ने समेत आयोजकले जनाएको छ ।
एनसिएल स्पोट्र्सले एसियाकै पहिलो महिला फ्रेन्चाइज्ड लिग हुन लागेको दाबी पनि गरेको छ । यस भन्दा अघि चैत्र १ गते हुने भनिएको यस प्रतियोगिता मुख्यमन्त्री कप र यसै महिना प्रदेश ५ मा आयोजना हुने आठौ राष्ट्रिय खेलकुदका कारण चैत्र १ देखि ९ सम्मका लागि तय भएको क्रिकेट निर्धारित मितिमा हुन नसकेको आयोजकले जनाएको छ ।
May 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगरमा टि टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ६ को आयोजना जेठ ४ गते देखि १० गतेसम्म सोही वडाको म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा एन बि एस सि लायन्स, विराटनगर क्रिकेट क्लब एकेडेमी, एग्रो भेट क्रिकेट क्लब , विराटनगर प्यान्थर्स , युनाइटेड लायन […]
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]