default_image

6 years ago

March 18, 2019

टेस्ट क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित

116 views

0 Bookmark

एजेन्सी – अफगानिस्तान क्रिकेट टिमले आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दै टेस्ट क्रिकेटमा ऐतिहासिक पहिलो जित निकालेको छ ।

आयरल्यान्डले पहिलो इनिङ्समा मात्र १ सय ७२ रन बनाएको थियो । अफगानिस्तानले पहिलो इनिङ्समा ३ सय १४ रन बनाउँदै १ सय ४२ रनको अग्रता लियो । दोस्रो इनिङ्समा आयरल्यान्ड २ सय ८८ रनमा समेटिएपछि अफगानिस्तानले सम्रगामा १ सय ४७ रनको लक्ष्य पाएको थियो ।

चौथो दिन १ सय ४७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३ विकेटको क्षतिमा ४७.५ ओभरमा पुरा गर्दै पहिलो जित दर्ता गरेको हो । अफगानिस्तानको जितमा पहिलो इनिङ्समा ९८ र दोस्रो पालीमा ७६ रन बनाएका राहमत शाह म्यान अफ द म्याच चुनिए । इहसनुल्लाह जानत ६५ रनमा नट आउट रहे ।

अफगानिस्तानले २०१७ जुन २२ मा टेस्ट मान्यता पाएको थियो । अफगानिस्तानले दोस्रो टेस्टमै पहिलो जित निकाल्न सफल भएको हो । दोस्रो टेस्टमै पहिलो जित निकाल्ने क्रिकेट इतिहासमा अफगानिस्तान तेस्रो टिम हो । यसअघि इंग्ल्यान्ड र पाकिस्तानले पनि दोस्रो खेलमै पहिलो जित निकालेका थिए ।

भारतसँग गत जुनमा टेस्ट डेब्यू गरेको अफगानिस्तान २ सय ६२ रनको इनिङ्ग अन्तरले पराजित हुन पुगेको थियो । पछिल्लो समय अफगानिस्तानले क्रिकेटमा तीव्र गतिमा विकास गर्दै अघि बढेको छ ।

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.