default_image

6 years ago

March 18, 2019

आईपीएल किन खेल्दैनन् पाकिस्तानका खेलाडी ?

164 views

0 Bookmark

एजेन्सी – विश्व चर्चित ईन्डियन प्रिमियर लिग (आईपीएल) मा विश्वका सबै स्टार खेलाडीको सहभागिता रहने गर्दछ । सबै टेस्ट राष्ट्र र एसोसिएटमा नेपालबाट सन्दीप लामिछाने आईपीएल खेलिसकेका छन् ।

सन् २०१७ देखी एसोसिएट खेलाडीलाई पनि आईपीएल खेल्न बाटो खुलेको थियो । सन् २०१७ मा अफगानिस्तानका राशिद खान र मोहम्मद नावि तथा सन् २०१८ नेपालबाट सन्दीपले आईपीएलमा एसोसिएटबाट प्रतिनिधित्व गरे । अफगानिस्तान टेस्ट राष्ट्र बनिसक्दा एसोसिएट राष्ट्रबाट आईपीएल खेल्ने हाल सन्दीप एक्ला खेलाडी हुन् । सन् २००८ देखी सुरु भएको आईपीएल सन् २०१९ सम्म १२ औं संस्करण सम्म आई पुगेको छ । १२ औं संस्करणको आईपीएल आगमी मार्च २३ देखी भारतका विभिन्न शहरमा हुँदै छ ।

हालसम्म चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले समान ३-३ पटक आईपीएलको उपाधि जितेका छन् । त्यस्तै कोलकता नाईडराइड्सले २,सनराईजर्स हैदराबाद, राजस्थान रोयल्स र डेकन चार्जर्सले पनि एक-एक पटक उपाधि उचालेका छन् ।

सन् २००८ को पहिलो संस्करणको आईपीएलमा साहिद अफ्रिदी, सोहेल तनविर लगाएत ११ पाकिस्तानी खेलाडीले आईपीएल खेलेका थिए । त्यसयता कुनै पाकिस्तानका खेलाडी आईपीएल खेलेका छैनन् ।

आईपीएलमा पाकिस्तानका खेलाडीलाई खेल्न प्रतिबन्ध :

सन् २००८ को पहिलो संस्करणको आईपीएलपछि भारतीयसरकारले सबै पाकिस्तानी खेलाडीलाई आपीएल खेल्न प्रतिबन्ध लगाएको थियो । विश्वका सबै स्टार खेलाडी खेल्ने आईपीएलमा पाकिस्तानका खेलाडी त्यसैको कारण खेल्दैनन् । पाकिस्तान क्रिकेट बोर्डले पनि आफ्ना खेलाडीलाई आईपीएल खेल्न रोक लगाएको छ ।

हाल पनि पाकिस्तानमा विश्वका स्टार खेलाडीको रुपमा फखार जमान, हसन अली, बाबर आजम, सोएब मालिक, सादव खान, मोहमद आमिर, शाहिद अफ्रिदी लगायत थुप्रै खेलाडी छन् । पाकिस्तानी खेलाडीलाई आईपीएल खेल्न अनुमति मिल्ने हो भने यी खेलाडी अक्सनमा करौडौं मुल्य लाग्ने र प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने क्षमता राख्दछन् ।

उमर गुल, सोहेल तनवीर र शोएब अख्तर आईपीएल खेल्दा

पाकिस्तानका खेलाडीलाई किन प्रतिबन्ध ?

सन् २००८ नोभम्बर २६ मा मुम्बईमा एक आतंकारी हमला भएको थियो । जुन हमला पाकिस्तानका ईस्लामी आतंकबादी संगठनका १० सदस्य गर्दै १ सय ६६ जनाकोे ज्यान जानेगरि मुम्बईमा हमला गरेका थिए । जसको कारण भारत र पाकिस्तानको सम्बन्धमा पुन बिग्रीएपछि पाकिस्तानका खेलाडीलाई सन् २००९ मा आईपीएल खेल्न प्रतिबन्ध लगाएको थियो ।

सन् २०१० मा पाकिस्तानका खेलाडीले अक्सनमा नाम दर्ता गराएपनि कुनै पनि टिममले मुल्य लगाएनन् । त्यसपछि पाकिस्तान क्रिकेट बोर्डलेनै आफ्ना खेलाडी भारत नपठाउने जनाएको थियो । त्यस्तै सिमा क्षेत्रमा निरन्त देखिएको विवाद पनि पाकिस्तानका खेलाडीलाई प्रतिबन्ध लाग्नु अर्को कारण हो ।

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.