default_image

6 years ago

March 18, 2019

ग्ल्याडीयटर्सलाई पीएसएल उपाधि

139 views

0 Bookmark

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०१९ को उपाधि क्वेटा ग्ल्याडीयटर्स जितेको छ । आईतबार राती सम्पन्न खेलमा पेशवार जाल्मीलाई ८ विकेटले हराउँदै उपाधि जित्न सफल भएको हो ।

१ सय ३९ रनको लक्ष्य पछ्याएको ग्ल्याडीयटर्सले १३ बल अगाडी नै २ विकेट गुमाउँदै पुरा गर्दै उपाधि जित्न सफल भयो । ग्ल्याडीयटर्सलाई उपाधि दिलाउन ओपनर अहमद शहजादले ५१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे । अहसन अली २५, रिली रौसोव ३९ र शेन वाटसनले ७ रन जोडे ।

त्यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ थालेको पेशवार जाल्मीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । उसका लागि उमर अमिनले ३८,कामरा्न अकमल २१,सोहेब मसुद २० र कप्तान डरेन स्यामीले १८ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ग्ल्याडीयटर्सका लागि मोहम्मद हसनैनले ३,ड्वेन ब्राभो २,मोहम्मद नवाज र फहवाद अहमदले समान एक विकेट लिए ।

पाकिस्तान सुपर लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पनि लाहोर कलन्दर्सबाट खेलेका थिए । तर खराव प्रर्दशनका कारण लाहोर समुह चरणबाटै बाहिरीदा सन्दीपले ७ खेलमा ११ विकेट लिन सफल भए । सन्दीप पिएसएल खेलेर गत मंगलबार नेपाल फर्किदा आगमी बुधबार आईपीएल खेल्ने दिल्ली जार्दै छन् ।

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.