default_image

9 years ago

April 28, 2016

सन्दीपलाई हङकङ ट्वान्टी–२० क्रिकेटमा मौका

119 views

0 Bookmark

सन्दीप लामिछाने ।

सन्दीप लामिछाने ।

काठमाडौं– नेपाली यू १९ क्रिकेटका स्टार टोलीका बलर सन्दीप लामिछानेले हङकङको ट्वान्टी–२० क्रिकेट लि खेल्ने भएका छन् ।

वैशाख ४ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपमार्फत सन्दीपले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । हङकङको मिसन रोडमा मे २७ देखी दुई दिनसम्म चल्ने हङकङ ट्वान्टी–२० ब्लिट्ज प्रतियोगितामा चार फ्रेन्चाजी टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा सन्दिप काउलुन क्यान्टोनस्बाट खेल्नेछन् ।

लेग स्पिनर सन्दिपले गत बर्ष बंगलादेशमा सम्पन्न यू–१९ विश्वकप क्रिकेटमा १४ विकेट लिएका थिए । राष्ट्रिय टोलीको डेब्यू खेलमा १ विकेट लिएका सन्दीपले वैशाख ६ मा नामिवियाविरुद्धकै अर्को खेलमा २ विकेट आफ्नो नाममा लेखाएका थिए ।

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

March 9, 2025

कमलको ४ विकेटमा एपिएफको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – तीव्रगतिका बलर कमलसिंह ऐरीले ४ विकेट लिए पछि प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । रुपेन्देहीको एस्ट्राटेक ओभलमा आइतवार एपिएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गर्यो। १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा समेटियो । बागमतीका लागि शुभ कसांकार […]

Success

Thank you for your time.