6 years ago
March 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरुप नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली आज भारत जाँदैछ ।
नेपाली यू-१९ क्रिकेट टोली आज दिउँसो २:४० मा भारत प्रस्थान गर्ने नेपाली राष्ट्रिय टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । नेपालले भारतको आन्द्र स्टेट क्रिकेट टिमसँग ४ अभ्यास खेल खेल्ने छ । यहि चार अभ्यास खेलको आधरमा अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने एक दिवसिय विश्वकप छनोटकोलागि अन्तिम १४ सदस्य टोली घोषणा गरिने प्रमुख प्रशिक्षक विनोद दासले जानकारी दिए । नेपाल सहित कुवेत, मलेसिया, यूएई, सिंगापुर र ओमान रहेको प्रतियोगितामा शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउने छ । नेपाललाई छनोटको प्रमुख दावेदारको रुपमा पनि हेरिएको छ ।
शुक्रबार राष्ट्रिय टोलीबाट पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहित कुमार पौडेललाई पहिलो पटक कप्तानीको भुमिका दिदै १८ सदस्य टोली घोषणा भएको थियो । टोलीमा रहेका अधिकांश खेलाडी यसअघि यू-१९ टोलीबाट खेली सकेका छन् । रोहितसँगै पवन सरार्फ र सन्दीप जोराले राष्ट्रिय टिमबाट डेब्यू गरि सकेका छन् । राष्ट्रिय र घरेलु टिमबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका अधिकाम्स खेलाडी रहेको यू-१९ टिम निकै बलियो पनि देखिएको छ ।
भारत भ्रमणको लागि घोषणा भएका १८ सदस्य टोली :
१. रोहित कुमार पौडेल (कप्तान)
२. आशिफ शेख
३. पवन सरार्फ
४. भिम सार्की
५. सन्दीप जोरा
६. रवीकुमार शाह
७. रित गौतम
८. कमल सिंह ऐरी
९. राशिद खान
१०. सागर ढकाल
११. अभिषेक बस्नेत
१२. कुशल मल्ल
१३. हरि बहादुर चौहान
१४. प्रतिस जिसी
१५. आकाश चन्द
१६. सुर्य तामाङ
१७ लोकेश बहादुर बम
१८. शेर मल्ल
टोलीको प्रमुख प्रशिक्षक विनोद दास, फिजियो विक्रम न्यौपाने र एनालिस्ट सुरजरत्न शाक्य रहेका छन् ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]