6 years ago
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरुप भारत भ्रमणका लागि राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्य टोली नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोलीको घोषणा भएको छ ।
राष्ट्रिय टोलीबाट पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहितलाई पहिलो पटक कप्तानीको भुमिका दिइएको छ । टोलीमा रहेका अधिकांश खेलाडी यसअघि यू१९ टोलीबाट खेली सकेका छन् । शुक्रबार घोषणा गरिएको १८ सदस्य टोली शनिबारै भारत प्रस्थान गर्नेछ ।
भारतको आन्द्र स्टेट क्रिकेट टिमसँग ४ अभ्यास खेलपछि आगमी महिला मलेसियामा हुने यू-१९ विश्वकप छनोटको लागि १४ सदस्य अन्तिम टोलीको घोषणा हुनेछ । टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन् ।
भारत भ्रमणको लागि घोषणा भएका १८ सदस्य टोली :
१.रोहित कुमार पौडेल (कप्तान)
२.आशिफ शेख
३.पवन सरार्फ
४.भिम सार्की
५.सन्दीप जोरा
६.रभि कुमार शाह
७.रित गौतम
८.कमल सिंह ऐरी
९.राशिद खान
१०. सागर ढकाल
११अभिषेक बस्नेत
१२.कुशल मल्ल
१३.हरि बहादुर चौहान
१४.प्रतिस जिसी
१५.आकाश चन्द
१६.सुर्य तामाङ
१७ लोकेश बहादुर बम
१८.शेर मल्ल
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]