default_image

6 years ago

March 15, 2019

दिल्लीको सल्लाहकार बने गांगुली

94 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरव गांगुलीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) १२ औं सिजनको लागि नेपाली स्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्पापिटल्सको सल्लाहकारको रुपमा नियुक्त गरेको छ । गांगुलीले मुख्य प्रशिक्षक रिकी पोटिङ्गका साथ काम गर्ने छन् ।

सल्लाहकारमा नियुक्त भएपछि गांगुलीले दिल्लीका खेलाडी र स्टाफसँग काम गर्न आफु उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । विश्व क्रिकेटकै अधिक बुद्धिमान खेलाडी मध्यका एक गांगुलीसँग काम गर्न पाउनु आफ्नो लागि पनि गर्वको कुरा रहेको दिल्लीले जनाएको छ । हालसम्म आईपीएलको उपाधि जित्न नसकेको दिल्लीले १२ संस्करण अघि आफ्नो नाम,लोगो,जर्सी परिवर्तन गर्नुका साथै खेलाडीमा पनि फेरबदल गरेको छ ।

यसपटक दिल्लीलाई उपाधिको दावेदारको रुपमा हेरिएको छ । २३ मार्च देखी भारतका विभिन्न सहरमा सुरु हुने आईपीएलमा दिल्लीले २४ मार्चमा आफ्नो पहिलो खेल मुम्बई इन्डियन्ससँग खेल्ने छ । आईपील खेल्न सन्दीप यसै साता भित्र दिल्ली जार्दै छन् ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.